पर्यटनको सम्भावना प्रचुर तर भौगोलिक अवस्थितिका कारण पछि परेको छ हुप्सेकोट गाउँपालिका - MONGOL KHABAR

Breaking

पर्यटनको सम्भावना प्रचुर तर भौगोलिक अवस्थितिका कारण पछि परेको छ हुप्सेकोट गाउँपालिका

नवलपुर/ पुस ६,पर्यटनको सम्भावना प्रचुर तर भौगोलिक अवस्थितिका कारण पछि परेको छ हुप्सेकोट गाउँपालिका जहाँ समस्या छ त्यहाँ सम्भावना पनि उत्तीकै हुन्छ । गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे भन्छिन “जिल्लाको पहाडी क्षेत्रमा पर्ने हुप्सेकोट गाउँपालीकामा पर्यटनको सम्भावना प्रशस्त हुँदा पनि यसमा योजनागत रुपमा अघि बढ्न नसक्दा बिकासमा पछि परेको छ” ।

हुप्सेकोट गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । यस क्षेत्रमा गुरुङ तथा मगर समुदायको बाहुल्यता रहेको हुँदा जातिय पहिचानलाई पर्यटनसंग जोड्न सकिन्छ । कौडा, मारुनी, थारु, घाटु नाचको संरक्षण र प्रवर्धन गर्न सकियो भने हुप्सेकोटको पर्यटन उज्जल देखिन्छ । यसैगरी दरैसंस्कृति, कुमालसंस्कृति, थारु संस्कृति, मगर संस्कृतिको प्रवर्धनले थप टेवा पुग्दछ ।
शिर पोखरी – हुप्सेकोट गाउँपालिका रुद्रपुरदेखी बसेनी भन्दा माथी दारेभञ्याङमा रहेको छ । जहाँ गुराँस फुल्छन् । यहाँबाट हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकीय क्षेत्रको संभावना बोेकेको स्थान हो ।

रुद्रपुर गढी – हुप्सेकोटको अर्को आकर्षक ऐतिहासिक स्थल हो रुद्रपुर गढी । रुद्रप्रताप सेन राजाका पालामा निर्माण गरिएको भग्नाबेश दरबार रुद्रपुर गढि पर्यटकीय क्षेत्र हो, जनु प्रचारप्रसारमा ओझेलमा रहेको छ ।

हावाबाट बिजुली - हावाबाट विजुली निकालेर चर्चामा रहेको हुप्सेकोट क्षेत्र, परियोजना बन्द भएपछि विस्तारै ओझेलमा पर्दै गएको छ । एसियाली विकास बैंकको सहयोगमा हुप्सेकोट गाउँपालिका –५ धौवादीमा हावाबाट बिजुली निकालिएको थियो । अहिले सोलारबाट उज्यालो गाउँपालिका बनाउन गाउँकार्यपालिका अभ्यासरत रहेको छ ।
फलाम खानी, सुन खानी, गेरु खानी र अन्य विविध खानीको सम्भावना बोकेको यस क्षेत्रमा सडक निर्माणलाई पनि जोड दिनुपर्ने देखिन्छ । २०७५÷०७६ का लागि गाउपालीकामा २८ करोडको बजेट विनियोजन गरिएको छ । जसमा बिकास बजेटका लागि १४ करोड रुपैया बिकासका लागि छुट्टाईएको छ ।

 १ सय ८९ बर्ग किलोमिटर क्षेत्रमा फैलीएको छ हुप्सेकोट गाउपालीका, जहाँ ५० हजार जनसंख्या रहेको छ । धेरै पर्यटकीय क्षेत्र रहेको यस गाउँपालिकामा दर्जन भन्दा बढी पदमार्गहरुको सञ्चालनले पनि पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउन सकिन्छ ।