हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित र सम्मानित छ नेवारी भाषा र सस्कृती - MONGOL KHABAR

Breaking

हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित र सम्मानित छ नेवारी भाषा र सस्कृती

काठमाडौ / नेपालको मात्र नभएर विश्व कै प्राचिन जाति मध्य नेवार जाति एक हो । हाम्रो देशको नाम इतिहास तथा संस्कृति यस जाति संग गाँसिएकोछ । नेवारी कला, संस्कृति, परम्परा अनि चाडपर्व सर्वथा मौलिक छ । जुन हाम्रो मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित र सम्मानित छ ।

यो हाम्रो लागी गौरवको विषय हो । संयुक्त राष्ट्रसंघमा सदस्यता को लागी आवेदन दिँदा सबै राष्ट्रहरुले आफ्नो देशको मौलिक लिपी उल्लेख गर्नुपर्ने प्रावधान छ । धेरैलाई थाहा नहुन सक्छ । हाम्रो देश नेपालले संयुक्त राष्ट्रसंघको सदस्यताको लागी आवेदन दिँदा मौलिक लिपी को रुपमा रंजना लिपी उल्लेख गरेको छ । देवनागिरी होइन ।


नेपाल भाषा विश्वकै सब भन्दा पुराना भाषाहरुमध्ये एक हो । तर भाषा ,कला ,साहित्य र सँस्कृतीमा धनी नेवार समुदायको भाषा र सँस्कृती आज लोप हुने स्थितीमा छ ।नेवारी कला, संस्कृति, भाषा, साहित्य र सम्पदाहरुको  जगेर्ना गर्न नेवार जातीलाई एक ढिक्का बनाई राख्नु जरुरी छ ।

र यसै उद्देश्य का साथ Shrestha Newaar Community नामक फेसवुक ग्रुपको निर्माण गरिएको छ
। आफ्नो गौरव पुर्ण भाषा र संस्कृती लाई माया गर्ने सबै नेवाहरुले फेसवुकमा रहेका अन्य सबै नेवारसाथीहरुलाई यो ग्रुप मा add गर्नु का साथै नेवारी इतिहास र संस्कृती सम्बन्धी तपाइ सँग भएका अमूल्य जानकारी ,आफ्नो समाज मा भएका नेवारी संस्कृती सम्बन्धी कार्यक्रम को विवरण ,तस्विर र भिडियो यस ग्रुपमा पोस्ट गर्नु हुन अनुरोध छ ।

यस ग्रुप को उद्देश्य नेवारी भाषा ,संस्कृती र परम्परा लाई सबै नेवा समुदायको माझ एक रुपता ल्याइ रही आएका कतिपय भ्रमहरु को निवारण गरी नेवारी परम्परा का वास्तविक तथ्य उपलब्ध गराउने ,नेवारी भाषा सिक्न चाहने हरुलाई नेवारी भाषाको आधारभुत जानकारीहरु दिने र विश्वभर छरिएर रहेका नेवार समुदायलाई एकताको शूत्रमा बाँधी हातेमालो गर्दै आफ्नो मौलिक सँस्कृती र परम्परा को विरासतलाई जीवन्त राख्न सचेत गराउनु पनि हो ।

(विषेश अनुरोध : यो Message लाई Facebook मा रहेका आफ्ना सबै नेवासाथीहरुलाई Forward गरिदिनु होला)
(नोट :  Admin right लिन चाहने नेवाहरुले Message गर्नु होला । )