सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी - MONGOL KHABAR

Breaking

सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी

काठमाडौं : यो वर्ष नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार खरिद गर्ने तयारी छ । सैनिक जवानले प्रयोग गर्ने छ हजार ४९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार एम १६ हतियार तथा अन्य हतियार र गोलीगठ्ठा खरिदको तयारी रहेको खबर तयारी छ ।ती हतियार भारतबाट खरिद हुने छैन ।

व्यक्तिगत हतियारको नाम उल्लेख छैन, तर तीन अर्ब ४५ करोड चार लाख रुपैयाँ त्यसका लागि छुट्याएएको रक्षा मन्त्रालयले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा छ । रक्षाका अनुसार सेनाले प्रयोग गरेका पुराना हतियारलाई प्रतिस्थापन गर्दै १० हजार थान एम १६ सिरिजका हतियार खरिदका लागि दुई अर्ब १९ करोड ४१ लाग बजेट विनियोजन भएको छ।