आज देखि पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव शुरु हुदैँछ । - MONGOL KHABAR

Breaking

आज देखि पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव शुरु हुदैँछ ।

चितवन, ११ पुस । आज देखि पर्यटकीय नगरी सौराहामा हात्ती महोत्सव शुरु हुदैँ छ । महोत्सवको  एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १५ बर्ष अघि चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले सुरु गरेको चितवन हात्ती महोत्सव चितवनको ब्राण्डको रुपमा स्थापित भएको छ ।
अन्र्तराष्ट्रिय हात्ती दौडबाट सुरु गरिएको कार्यक्रमलाई परिमार्जन गर्दै व्यवसायीहरुले चितवन हात्ती महोत्सवको रुपमा स्थापित गराउन सफल भएका छन् ।हात्तीको विभिन्न खेलहरु पर्यटकलाई देखाएर मनोरञ्जन प्रदान गरिन्छ  ।


महोत्सवस्थल आकर्षक वनाईएको छ । उद्घाटन अघि राप्ती नदि किनारदेखी विभिन्न जातजाति,संघसंस्थाको पहिचान झल्कने झाँकीसहितको शोभा यात्रा निकालिने छ ।“ हामीले खेललाई परिमार्जन गर्दै महोत्सवमा परिणत गरेका छौं आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने, अब हात्ती महोत्सव चितवनको ब्राण्ड बनिसेकेको छ ।”

हात्ती महोत्सवलाई लक्षित गरी विभिन्न ध्वजापतकाले सौराहालाई दुलही झैँ सिझारिएको छ ।जसका करण सौराहामा हात्ती महोत्सवको रौनक सुरु भएको छ ।
केही दिन अधिघ देखिनै पर्यटकको चहलपहल शुरु भइसेको छ । होटलहरुको बुकिङ प्याक छ । हात्ती महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आउन थालेका छन ।व्यवसायीहरु उत्साहित भएर पर्यटकलाई स्वागत गर्न तयारी अबस्थामा छन । चितवनको पर्यटन प्रर्बद्धनका लागि हरेक बर्ष हुने सो महोत्सव यस बर्ष पन्ध्रौँ सस्करण हो ।

महोत्सव अन्तर्गत स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हात्ती फाष्ट वाक, हात्तीका छावाबीचको रोमाञ्चकारी फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरुको वनभोज, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका अध्यक्ष घिमिरेले जानकारी दिए ।

हात्ती फाष्टवाकमा २० टिम, पोलोमा ४ टिम, फुटवलमा ४ टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्तीले सहभागिता जनाउने छन् । यस बर्ष महोत्सवको नयाँ कार्यक्रमको रुपमा कवि गोष्ठी समावेश गरिएको छ ।

देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्टिय तथा अन्तराष्टिय स्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले बताए ।
बाघमारा मध्यवर्ती सामुदायिक वनमा १५ गते सम्म महोत्सव सञ्चालन हुने छ । यसैबीच हात्ती महोत्सवमा संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गरिने भएको छ ।

महोत्सवको उद्घाटनका अवसरमा २/२ जना संरक्षणकर्मी र पर्यटन व्यवसायीलाई सम्मान गर्न लागिएको हो ।
महोत्सव आयोजक क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले संरक्षण तर्फ चितवन राष्ट्रिय निकुञ्जका पुर्व सहायक वार्डेन नुरेन्द्र अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसाय तर्फ अमरमान शाक्य र हरिहर शैजुलाई सम्मान गर्न लागिएको जानकारी दिए ।
उनीहरुलाई उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान प्रदान गर्ने छिन् ।