मोवाइल खेलाउन दिएर बालिकालाई जर्बजस्ती मुख मैथुन गर्ने धरानबाट पक्राउ - MONGOL KHABAR

Breaking

मोवाइल खेलाउन दिएर बालिकालाई जर्बजस्ती मुख मैथुन गर्ने धरानबाट पक्राउ

धरान । मोवाइल खेलाउन दिने वहानामा बालिकालाई जर्बजस्ती अप्राकृतिक मुख मैथुन गराउने धरान ४ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले वडा नं ४ का ४० बर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो ।

डिएसपी सुमन तिम्सिनाका अनुसार कार्कीले पीडित बालिकालाई मंसिर २९ गते मोवाइल खेलाउन दिने वहानामा एकान्तमा लगेर मुखमा जर्बजस्ती लिंग पसाई करणी गरेका थिए । करिब साँझ ५ बजेको यो घटना हो । पीडित बालिका करिब ८ बर्षको रहेको प्रहरीले जनाएको छ ।
डिएसपी तिम्सिनाका अनुसार बुधबार करिब १ बजे तिर घटनाबारे मौखिक जानकारी आए पछि प्रहरी टोली परिचालन गरेर पक्राउ गरिएको थियो ।


उनलाई बुधबारै जिल्ला अदालतबाट अनुसन्धानको लागि थुनामा राख्न म्याद थप भइसकेको डिएसपी तिम्सिनाले बताए । कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर म्याद थप गरी अनुसधान शुरु गरिएको छ, उनलाई जवरजस्ती करणी मुद्दामा अनुसन्धानमा राखिएको  डिएसपी तिम्सिनाले मंगोल खबर लाई जानकारी दिएको हो ।