मलेसियामा राती साढे २ बजे प्रेमिका भेट्न गएका नेपाली युवा सन्दिपको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु - MONGOL KHABAR

Breaking

मलेसियामा राती साढे २ बजे प्रेमिका भेट्न गएका नेपाली युवा सन्दिपको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु

जर्जटाउन । मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाको ४ तला माथिबाट खसेर ज्यान गएको छ । यहाँको जर्जटाउनस्थित बायन बरुको टिङकाट मयाङ पासिरमा एउटा फ्ल्याट बिल्डिङको चौथो तलाबाट खसेर आइतबार २४ वर्षका सन्दिप बोटको ज्यान गएको हो । बुकित जाम्बुलमा रहेको माइडिन सुपरमार्केटमा बिगत पाँच वर्ष यता सन्दिप कार्यरत थिए । उनको परिवारमा श्रीमती र २ बच्चा छन् । नेपालबाट नाता प्रमाणीकरण कागजात आइसकेपछि तुरुन्तै अन्तिम दाहसंस्कारको लागि सन्दिपको शव नेपाल पठाउने तयारी गरेको कम्पनी श्रोतले बताएको छ ।


सन्दिप नेपालको चितवनका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनी त्यहाँ प्रेमिका भेट्न गएको पाइएको जनाएको छ । उनी राती साढे २ बजे त्यहाँ प्रेमिकाको कोठामा गएका थिए । ती महिलाले आफूहरु ८ महिनादेखि साथी रहेको बताएकी छिन् । उनीहरु एकै ठाउँमा काम गर्थे । महिलाका अनुसार बिहान ५ बजे उनका श्रीमान आएका थिए, त्यतिबेलासम्म सन्दिप कोठामै थिए । उनी किचनको स्लाइडिङ डोर खोलेर भाग्ने क्रममा झुक्किएर खसेको र उनको ज्यान गएको प्रहरीले अनुमान गरेको छ ।