उदयपुरबासी युबाहरु मंगोल दर्शन बुझ्न धरानमा - MONGOL KHABAR

Breaking

उदयपुरबासी युबाहरु मंगोल दर्शन बुझ्न धरानमा

सुनसरी/मंसिर २७ बिहिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको जिल्ला सभा धरानको कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण  कार्यक्रममा उदयपुर जिल्लाबासी मंगोल युबाहरु उपस्थित रहेको थियो । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सचिब लोक तामाङले मंगोल दर्शन बारे प्रष्ट्याउदै प्रशिक्षण दिनु भएको थियो ।

सुनसरी नारी सभाका अध्यक्ष अमृता राईले पनि युबाहरुलाई मंगोलवाद बारे बुझाउदै मंगोल अस्तित्व , जोगाउनका लागि युबाहरु एक जुट हुन जरुरी छ भन्दै आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सुनसरी जिल्ला सभाका अध्यक्ष काजीराम राईको अध्यक्षता र जिल्ला सचिब जय आले मगरको सन्चालनमा सुनसरी जिल्ला सभाको कार्यालयमा भएको थियो ।