नवलपुरको कावासोतीमा एक जना बालिका बलात्कार - MONGOL KHABAR

Breaking

नवलपुरको कावासोतीमा एक जना बालिका बलात्कार

कावासोती/मङ्सिर ,२५ पुर्बी नवलपरासीको कावासोती नगरपालिकामा एक बालिका माथि बलात्कार भएको छ । पुर्बी नवलपरासीमा एक महिनामा दुई बालिका माथि बलात्कार भएको प्रहरीले जनाएको छ । सोमबार कावासोती नगरपालिका ३ मा ११ बर्षीया बालिकालाई घरमा कोही नभएको मौका पारी बलात्कार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्बका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो । प्रहरीले बलात्कारको आरोपमा कावासोती ३ का ३६ बर्षीय ओमराज श्रेष्ठलाई सोमबार राति पक्राउ गरेको जनाएको छ ।

पीडित बालिकालाई गए राती घरका सबै छिमेकीको घरमा गएका बखत मदिरा सेबन गरेर आएका श्रेष्ठले बालिकालाई जर्बजस्ती समातेर बलात्कार गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आरोपित श्रेष्ठले बालिकाको घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरेको बताए । बलात्कार पछि फरार भएका श्रेष्ठको झोला बालिकाको घरमा फेला परेको थियो । सोही झोलाको आधारमा राति नै स्थानीयको सहयोगमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी लिलाराज लामिछानेले बताउनुभयो । घटनाको बारेमा अन्य थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।