बडिबिल्डर उमेश राईलाई मंगोलको सम्मान - MONGOL KHABAR

Breaking

बडिबिल्डर उमेश राईलाई मंगोलको सम्मान




जीवन मंगोल
सुनसरी, मंसिर २३ । साउथ एशियन बडिबिल्डिङ च्याम्पियन उमेश राई (जीवन) लाई मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ केन्द्रीय सभा, जिल्ला सभा सुनसरी र मंगोल युवा संगठनले संयुक्त रुपमा सम्मान गरेको छ ।
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ नगर सभा इटहरीले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रमकै अवसरमा राईलाई मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका संयोजक वीरलाल राईले सम्मानपत्र प्रदान गर्दै बधाई तथा शुभकामना समेत दिनुभएको थियो ।
यसैगरी मंगोल युवा केन्द्रीय संयोजक अमीत याख्खाले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नु भएको थियो । सुनसरी जिल्ला सभाका अध्यक्ष काजिराम राईले पनि राईलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । संगठनका संयोजक वीरलाल राईले प्रतिभाशाली राईलाई अझै सफलताले शिखर पुग्न शुभकामना समेत दिनु भएको छ ।
आफूले सम्मान प्राप्त गर्दा अझ हौसला मिलेको बडि बिल्डर उमेश राईले बताउनु भयो । आफुलाई सम्मान गरेकोमा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ र युवा संगठनलाई धन्यवाद दिदै आफुलाई अझ जिम्मेवारी बोध भएको बताए ।
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका नेता कार्यकर्ताहरुले राईलाई खादाले सम्मान गर्दै बधाई शुभकामना दिएका थिए ।
झापा बिर्तामोडमा जन्मिएर २०५९ साल देखि बडिबिल्डिङको करियर सुरु गरेका उमेश राईले २०६२ सालमा मिस्टर झापा तेस्रो स्थान, २०७३ सालमा चौथो धर्मश्री तेस्रो स्थान, नेशनलवाइड एभरेष्ट बडिबिल्डिङ च्याम्पियन हुँदै मंसिर ८ गते साउथ एशियन बडिबिल्डिङ च्याम्पियन भएका राई हाल कुवेतमा कोचको रुपमा समेत कार्यरत छ्न ।