नवलपुरका पत्रकार स्वर्गीय भुसालको स्मृतिमा ट्रष्ट स्थापना - MONGOL KHABAR

Breaking

नवलपुरका पत्रकार स्वर्गीय भुसालको स्मृतिमा ट्रष्ट स्थापना

कावासोती । स्वर्गीय पत्रकार तीर्थराज भुसालको स्मृतिमा ट्रष्ट स्थापनाका लागि झपेन्द्रश्वर भुसालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरीएको छ ।

जसको उपाध्यक्षमा स्वर्गीय तिर्थराज भुसालका काका पदम प्रसाद शर्मा भुसाल, सचिवमा धर्मपत्नी मुना दाहाल, सह सचिवमा पत्रकार शारदा झेडी मगर, कोषध्यक्षमा पत्रकार महासंघ नवलपरासीका सदस्य तिर्थ राज डुम्रे, सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, कावासोतीका बिष्णु कंडेल र प्रेस चौतारी नवलपुरका उपाध्यक्ष शालिकराम कोइराला रहेका छन् ।


शुक्रवार कावासोती स्थित भुषाल निवासमा आयोजना गरिएको प्रारम्भिक भेलाले पत्रकारीता, शिक्षा, स्वास्थ्य र सामाजिक क्रियाकलापमा सहयोग पु¥याउने पबित्र उद्धेश्यले बिशुद्ध नाफा रहित सेवामूलक संस्था स्थापना गर्न लागिएको भुषाल परिवार स्रोतले जनाएको छ ।

यस्तै भेलाले झपेन्द्रश्वर भुसाल कै संयोजकत्वमा बिधान मस्यौदा समिति समेत चयन गरेको छ । जसको सदस्यमा भुपेन्द्र शर्मा भट्टराई र मुना दाहाल हुनुहुन्छ । भेलाले स्वर्गीय तीर्थराज भुसालको प्रथम बार्षिक पुण्य तिथिमा पुस १३ गते स्वर्गीय तीर्थराज स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार सहित पत्रकारलाई पुरस्कृत गर्ने योजना गरीएको छ ।

पुरस्कारका लागी योग्य पत्रकार छनौट गर्ने अख्तियारी पत्रकार महासंघ नवलपुरलाई दिईएको छ । ट्रष्टको संरक्षक स्वर्गीय तीर्थराज भुसालका पिता यमप्रसाद भुसाल रहने निर्णय भएको छ । प्रारम्भ देखि नै जनतालाई सञ्चारको माध्यमवाट सुशुचित गराउनुपर्छ भन्ने मान्यता वाट प्रभावित भएर कावासोतीमा नवलपुर एफ. एम. सञ्चालन गर्दै आएका तीर्थराज भुसालको गत २०७४ साल मंसीर १४ गते सडक दुर्घटनामा नवलपुरको दाउन्नेमा घाइते भई उपचारका क्रममा गत बर्ष मंसीर २३ गते मृत्यु भएको थियो ।