बुलिङटारमा सालको काठसहित ट्याक्टर पक्राउ - MONGOL KHABAR

Breaking

बुलिङटारमा सालको काठसहित ट्याक्टर पक्राउ



कावासोती, ९ पुष । ईलाका प्रहरी कार्यालय बुलिङटारले चोरीको काठसहित पक्राउ गरेको टेक्टर डिभिजन वन कार्यालय नवलपुरलाई बुझाएको छ । आईतबार बिहान ईलाका प्रहरी कार्यालय बुलिङटारले ना६ त ५९९८ नम्बरको टेक्टरमा रहेको सालको २३ थान काठ र खयरको ४ थान काठ सहित पक्राउ गरेको थियो ।

आईतबार प्रकाउ गरीएको काठ सोमबार डिभिजन वन कार्यालय नवलपुरमा बुझाईएको नवलपुर प्रहरीले जनाएको छ । काठ लुकाई छिपाई चोरी गर्नेलाई भने ईलाका प्रहरी कार्यालय बुलिङटारले पक्राउ नगरेको स्थानियले आरोप लगाएका छन् । काठ चोरी गर्नेको पहिचान लुकाउन प्रहरी सक्रिय भएको बुलिङटारका स्थानियको आरोप छ ।



तर प्रहरीले काठ र टेक्टर ब्यावारिसे अवस्थामा फेला परेको दाबी गरेको छ । अहिले काठ र ट्र्याक्टर डिभिजन बन कार्यालयमा काठ र टेक्टरलाई राखिएको छ भने काठका बिषयमा थप अनुसन्धान भैरहेको डिभिजन बन कार्यालय नवलपुरका प्रमुख बिजय सुबेदीले बताए।