सांसद टेकबहादुर घर्तीमगरको निधन - MONGOL KHABAR

Breaking

सांसद टेकबहादुर घर्तीमगरको निधन

मंसिर २७, कावासोती । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको निधन भएको छ । सांसद घर्तीमगरलाई गएको मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो ।

एयर एम्बुलेन्स बाट अपोलो अस्पताल पुर्‍याएर सांसद घर्तीमगर लाई अस्पतालको लिभर आइसीयुमा भर्ना गरिएको थियो । घर्तीमगरको गएराति १ बजे मृत्यु भएको अस्पतालको डाक्टरले घोषणा गरेको उनका आफन्तले जानकारी दिए । ४६ वर्षीय घर्ती विगत केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । बागलुङको ढोरपाटन नगरपालिका ५ अधिकारीचौर सइखोलाका सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय नेता थिए । सांसद घर्तीमगर बागलुङको क्षेत्र नं २ को ‘ख’बाट प्रदेश सभा सदस्यमा बामगठवन्धन बाट उम्मेदवार बनी विजयी भएका थिए ।