mno डा.गोपाल गुरुङ संगठनको दोश्रो बिस्तारिक बैठन सम्पन्न । - MONGOL KHABAR

Breaking

mno डा.गोपाल गुरुङ संगठनको दोश्रो बिस्तारिक बैठन सम्पन्न ।

सुनसरी/मंसिर २२ धरान,मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको दोश्रो बिस्तारिक बैठक धरानमा सम्पन्न भएको छ ।

कार्यक्रम समय तालिका अनुसार एक घण्टा ढिला गरि सुरु भए पनि भब्य र सभ्य सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न जिल्ला सभा र संगठनका भातृसंगठनका संयोजकहरुले प्रगती बिबरण प्रस्तुत गरेको थियो । बिस्तारिक बैठकमा संगठनका संयोजक बिरलाल वालाहाङ राई ज्युँले १५ बुँढे राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।

संयोजक राईको राजनीतिक प्रतिबेदनमा सम्पुर्ण केन्द्रिय समितीका सदस्यहरुले लामो समय लगाएर व्यापक छलफल पछि संशोधन गरि सर्ब सहमतले पारित गरेको थियो । कार्यक्रम पुर्बको सुन्दरनगरी धरान स्थित रत्न इन होटलको सभा हलमा भएको थियो ।