नवलपुरमा बसको ठक्कर बाट एक जनाको मृत्यु - MONGOL KHABAR

Breaking

नवलपुरमा बसको ठक्कर बाट एक जनाको मृत्यु

मङ्सिर, ०३, कावासोती । नवलपुरको मध्यबिन्दुमा आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन । मध्यबिन्दु ८ गढवार खोला नजिकै यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो भने अन्य १६ जना घाईते भएका हुन् । 

घाइते मध्य ४ जनाको अबस्था गम्भीर रहेको छ । पुर्ब बाट पश्चिम जाँदै गरेको ना ६ ख ९६७६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको बा ५१ प ६९७३ नम्बरको मोटरसाइकललाई आज दिउँसो करिब ३ बजे ठक्कर दिदा मोटरसाइकलमा सवार मध्यबिन्दु ११ कि चन्द्र कुमारी सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । सोमैको उपचारका लागि अस्पताल लैजादा अस्पतालले मृत घोषणा गरेका थिए ।
घाइतेहरुको सामुदायिक स्मृति अस्पताल कावासोती डण्डामा उपचार भैरहेको छ । दुर्घटनामा परेको बस  सडक बाट केही तल पल्टिएको छ ।