सर्वोच्च अदालतले गर्यो फैसला कांग्रेस सभापति देउवाको पक्षमा, कम्युनिस्टहरू चकित - MONGOL KHABAR

Breaking

सर्वोच्च अदालतले गर्यो फैसला कांग्रेस सभापति देउवाको पक्षमा, कम्युनिस्टहरू चकित

काठमाडौ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरूद्ध परेको अवहेलना सम्बन्धी मुद्धा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले शुक्रबार नेपाली कांग्रेस र कांग्रेस पार्टीका सभापति देउवा विरूद्ध परेको अवहेलना सम्बन्धी निवेदन खारेज गर्ने फैसला गरेको हो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयले अदालतको अवहेलना गरेको भन्दै कम्युनिस्ट समर्थक अधिवक्ता हरि मैनालीले २०७३ साल चैतमा सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी निवेदन दिएका थिए । डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की सहितको इजलासले बदर गरि दिएको थियो ।

सर्वोच्चको फैसलाले कार्यपालिकाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको कांग्रेसको धारणा थियो । कम्युनिस्ट समर्थक अधिवक्ता मैनालीले कांग्रेसका सभापति देउवा र नेपाली कांग्रेस पार्टी विरूद्ध मुद्दा दिएका थिए । मैनालीको रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले १० दिनभित्र कारण देखाउन माग गरेको थियो ।

सर्वोच्च बाट आएको आदेशको २५ दिन पछि नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रका सांसदले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महा अभियोग प्रस्ताव दर्ता गरेका थिए । सर्वोच्च अदालतले उक्त प्रस्ताव विरूद्ध अन्तरिम आदेश दिए पछि कार्की सर्वोच्च फर्केकी थिइन् ।