कार्यकर्ताको मेहनतलाई सलाम गर्दै मोदीले भने : ‘हारजीत जिन्दगीको हिस्सा हो’ - MONGOL KHABAR

Breaking

कार्यकर्ताको मेहनतलाई सलाम गर्दै मोदीले भने : ‘हारजीत जिन्दगीको हिस्सा हो’

काठमाडौं, २६ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् ।
प्रचण्ड बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’, उनले मंगलबार ट्विटरमा लेखेका छन्, ‘हारजीत जिन्दगीको हिस्सा हो ।’ विधानसभा चुनावमा आफ्ना कार्यकर्ताले दिनरात मिहिनेत गरेको भन्दै उनले प्रशंसा गरेका छन् । मोदीले ट्विटरमा भनेका छन्,‘हामी जनताको म्यान्डेट विनम्रतापूर्वक स्विकार गर्दछौं ।