प्रदेश ३ का मुख्यमन्त्रीले डोरमणी पौडेलले क्रिश्चियन धर्ममाथी कसैले कुनै पनि तवरले हस्तक्षेप गर्न नमिल्ने बताए - MONGOL KHABAR

Breaking

प्रदेश ३ का मुख्यमन्त्रीले डोरमणी पौडेलले क्रिश्चियन धर्ममाथी कसैले कुनै पनि तवरले हस्तक्षेप गर्न नमिल्ने बताए

जगत ठाडा मंगोल
मकवापुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले क्रिश्चियन धर्ममाथी कसैले कुनै पनि तवरले हस्तक्षेप गर्न नमिल्ने विचार व्यक्त गरेका छन् ।
शुक्रबार क्रिश्चयन धर्मोलम्बीहरुले ख्रीस्ट्मसको अबसरमा मकवानपुर हेटौंडा स्थित पल्पसा सभाहलमा आयोजना गरेको २०७५ को ख्रीस्ट्मस शुभकामना आदानप्रदान कार्यक्रममा‘नेपाल धर्म निरपेक्ष घोषित भैसकेकोले नेपालमा जुनसुकै धर्म मान्न पाउने अधिकार सबै जनतामा रहेको छ ।’ मन्त्री पौडेलले भने, ‘राज्यको एउटा मात्र धर्म हुन्छ यसमा सबैजना स्वतन्त्र हुन्छ धर्म मान्ने पक्षमा हामी स्वतन्त्र छौ । यदि आइपरेको खण्डमा हामी पनि धर्म परिबर्तन गर्न सक्छौ यो कुनै ठुलो कुरा रहन्न ।’ जुनसुकै धर्ममा लागेतापनि एकले अर्कालाई सम्मानका साथ अघि बढ्नु आजको आबस्यक्ता रहेको उनले औल्याए । पौडेलले देश तथा बिदेशमा रहेका सम्पुर्ण क्रिश्चियन धर्मावलम्बीहरुलाई बडा दिन ख्रीस्टमसको शुभकामना समेत ब्यक्त गरे ।
हेटौंडा नगर इसाई समुदायले आयोजना गरेको ख्रीस्ट्मस उत्सव २०७५ को शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख बक्ता एन.सि.एफ.नेपालका कार्यकारी अध्यक्ष रे. पास्टर हनोक तामाङ रहेका थिए ।

कार्यक्रममा बिशिस्ट अतिथि तथा सोलिडारिटी स्कुलका संस्थापक रिषिराम आचार्यले क्रिश्चियनहरुको हक र हितको बारेमा ज्ञापनपत्रसमेत बाचन गरेर मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरे । कार्यक्रममा प्रदेश सांसद जुनेली श्रेष्ठ, मुनु सिग्देल, हेटौंडा उपमहानगर पालिकाका उपमेयर मिना लामा, सुन्दर नेपाल सरसफाइ अभियानका कार्यकारी निर्देशक बिर बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मकवानपुरका धेरै जसो वडा अध्यक्षहरु साथै अन्य क्षेत्रका चर्चका पास्टर तथा अगुवा, बिस्वासीहरुको बाक्लो उपस्तिथि रहेको थियो । कार्यक्रम हरेक बर्ष गरिदै आएको र यो बर्ष पनि शुभकामना आदानप्रदानको कार्यक्रम गरिएको अध्यक्ष रामकृष्ण पन्तले तेमाल अनलाइनलाई जानकारी दिए ।