बरिष्ठ पाइलट विजय लामाको भयो बढुवा, पाए यस्तो जिम्मेवारी - MONGOL KHABAR

Breaking

बरिष्ठ पाइलट विजय लामाको भयो बढुवा, पाए यस्तो जिम्मेवारी

काठमाडौँ / लामो समय देखि बरिष्ठ पाइलटका रुपमा रहेका नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामा प्रवक्तामा नियुक्त भएका छन् । आज देखि नै लागू हुने गरी वरिष्ठ क्याप्टेन विजय लामाले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पाइलटका साथै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्राप्त जानकारी अनुसार निगमले बरिष्ठ क्याप्टेन विजय लामालाई मंगलबार मात्रै प्रवक्तामा नियुक्त गरेको थियो ।

यस अघि निगमको प्रवक्ता अशोक सिग्देल र सहप्रवक्ताका रुपमा शैलेस कंसाकार रहेकोमा अब प्रवक्तामा वरिष्ठ क्याप्टेन लामा र सह प्रवक्ताका रुपमा भने नवराज कोइरालाले जिम्मेवारी सम्हाल्नेछन् । स्रोतका अनुसार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ ।