सुचिकृत कौराहको वृत चित्र औपचारीक कार्यक्रमका विच कावासोतिमा प्रर्दशन - MONGOL KHABAR

Breaking

सुचिकृत कौराहको वृत चित्र औपचारीक कार्यक्रमका विच कावासोतिमा प्रर्दशन

मगर समुदायको मौलिक नाचको रुपमा सुचिकृत कौराहको वृत चित्र आज एक औपचारीक कार्यक्रमका विच कावासोतिमा प्रर्दशन गरीएको छ । नेपाल मगर संघ समन्वय समिती नवलपुरको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ समन्वय समीति नवलपुरका अध्यक्ष इन्द्र बहादुर फाल मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मौलिक कौराह संरक्षण समीतिका केन्द्रीय अध्यक्ष हर्क आले मगर रहनु भएको थियो ।
यसैगरी मौलिक कौराह संरक्षण समीतिका उपाध्यक्ष तारा माया थापा, नेपाल मगर संघ प्रदेश नम्बर ४ का सदस्य छविलाल थापा मगर, नेपाल मगर चलचित्र संघ नवलपुरका अध्यक्ष चेतन रजाली मगर, नेपाल मगर पत्रकार संघ केन्द्रीय सदस्य कमला राना मगर, सहज राना मगर, जसमति थापा मगर, देव थापा मगर लगायत मगर संघका भातृ सस्थाका प्रमुख एव प्रतिनिधि तथा बृति चित्रका कलाकारहरुका्े सहभागिता रहेको थियो । मौलिक कौराह संरक्षण समीतिका केन्द्रीय अध्यक्ष एव वृत चित्र निर्देशक हर्क आलेले मगर समुदायको मौलिक नाचको रुपमा सुचिकृत कौराह संरक्षणमा टेवा पुगोस भन्ने उद्देश्यका साथ बृत चित्र निर्माण गरीएको बताउनुभयो । पछिल्लो पिढीलाइ कौराह नृत्यको उत्पति र महत्वको बारेमा जानकारी गराउनको लागी यस वृत चित्रले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताउनुहुदै प्रमुख अतिथी समेत रहनुभएको निर्देशक आलेले यसलाइ मगर समुदायले मनन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल मगर संघ प्रदेश ४ का सदस्य छविलाल थापा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रम सचालन जिल्ला कोषाध्यक्ष देविसरा पुलामीले गर्नुभएको थियो । बृत चित्र अवलोकनको लागी नवलपुर क्षेत्रका मगर समुदायको उल्लेखनिय उपस्थीति रहेको थियो ।