काठमाडौं, ११ पुस । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौ मानिसहरुको ज्यान गएकामा नेपालको परराष्ट्र मन्त्रालय बधाइ दिएको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा त्रुटि हुँदा ज्यान गुमाएकामा ‘बधाई’ हुन पुगेको हो ।
यो निकै गम्भीर लापरबाही मानिएको छ ।
विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा बधाई सन्देश पठाएको लेखिएको छ ।
पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ। उद्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपतिले राखेको विज्ञप्तिमा उल्लेख छ ।