सरकारले गोरु खादा जेल हाल्न खोज्छ भने हाम्रो गोरु खाने संस्कार बचाउन सरकार विरुद्ध मुदा हाल्न तयार हुनुपर्छ । - MONGOL KHABAR

Breaking

सरकारले गोरु खादा जेल हाल्न खोज्छ भने हाम्रो गोरु खाने संस्कार बचाउन सरकार विरुद्ध मुदा हाल्न तयार हुनुपर्छ ।

यदि बाहुन सरकारले यो देशको मुलबासी मंगोलहरुलाई गोरु खाएको कारण जेल हाल्न खोज्छ भने हाम्रो गोरु खाने संस्कार बचाउन हामी सरकार विरुद्ध मुद्दा हाल्न तयार छौ । हामीले बिदेशी बाहुनछेत्रीलाई खाओ भनेका छैनौ । खाने नखाने उनीहरुको अधिकारको कुरा हो तर हाम्रो संस्कारमा  त मरिसकेको पुर्खालाई समेत गोरुको ताउको चढाउने चलन छ ।

हामिले गाई गोरु खान पाउनु मानव अधिकार भित्रको कुरा हो । सरकारले हामिलाई खान पाउदैन भन्नु हाम्रो  मानवअधिकार हरण गर्नु हो । खान नपाउने कारण के छ ? हिन्दुमा आस्था राख्नेहरुले के गर्छन त्यो उनिहरुको बिषय हो, तर हामी अहिन्दु अर्थात बुद्दिस्त, मुस्लिम लगायतको धर्मावलम्बी मान्नेहरुले ब्यक्तिगत रुपमा खान चाहान्छ भने उसले खान पाउनु उसको ब्याक्तिगत अधिकारको कुरा हो ।

अब अर्को बिषय आयो अन्य देशमा राष्ट्रिय पशुपन्छी मानिएको कुरा खादै आइरहेको अबस्थामा नेपालमा राष्ट्रिय  जनावरको कारणले खान रोक गरिएको हो भने भोली बिस्वको अगाडि शरणार्थी बाहुन छेत्रीको कानुन एकल नश्लवाद देखिएको छ जस्ले गर्दा भोली अन्तर्राष्ट्रको अगाडि आलोचना खेप्नु पर्ने हुन्छ । र अर्को कुरा राष्ट्रिय जनावर खानै नपाइने किसिमको कानुन बनाउने हो । कुनै पनि समुदाय वा धार्मिक कुरा संग नजोडिएको जनावर राख्नु पर्छ किनकि नेपालमा बिदेशी बाहुनक्षेत्री आउनु भन्दा अगाडि देखी नै यो देशको मुलबासी मंगोलहरुले गाइगोरु खादै र मरिसकेको पुरखालाई समेत गोरुको मासु चढाउने चलन थियो । यसरी गाइगोरु खान र पुर्खालाई चढाउन नमिल्ने गरि कानुन बनाउनु अर्काको सस्कार माथी प्रहार गर्नु हो । यो मुलबासी मंगोल समुदायलाई मान्य छैन ।

हामी हाम्रो हामी यो देशको मालिक हौ । यो देशको चिन्ता मुलबासी मंगोलहरुले लिएर अगाडि बढ्न आबस्यक छ । धरानमा केहि दिन अगाडि 10 जना ब्यक्तिहरुलाई गोरु काटेको आरोपमा प्रशासन द्वारा प्रकाउ भएको थियो तर हाम्रो संगठन मंगोल नेसनल अर्गनाइजेसन-डा.गोपाल गुरुङ लगायत अन्य केहि संघ संस्थाहरुले रिहाइको आवाज उठाएको कारण अन्तत रिहाई गर्नु पर्यो ।

हामी न्याय प्रदान गर्नेहरु हौ । अब यो देशमा न्याय स्थापित गर्न कुनै पनि कसुर बाकी राख्ने छैनौ । बिगत गएको २/४ सय बर्ष देखी षड्यन्त्र पुर्वक हाम्रो देशको शासन चलाउन पुगेका बिदेशी बाहुनक्षेत्रीहरुले हामी माथी अन्याय गरेको ८०% अहिन्दु मुलबासी मंगोलहरुलाई जग्जाएर भए कै कुरा हो ।

बिदेश बाट शरणार्थीको रुपमा आएको ब्यक्तिहरुले केहि बर्ष देश चलाए भन्दैमा यो देशको मुलबासी मंगोलहरुमाथी हैकम चलाउन थाल्नु उनिहरुको लागी ठुलो भुल हो । मालिक जहिले पनि मालिक नै हुन्छ र पाहुनालाई सम्मान गर्नु देश मालिकको हो ।

संसार कै इतिहास हेर्ने हो भने जब अन्यायले सिमा नाघ्न थाल्छ तब आफ्नो प्राण भन्दा प्यारो न्यायको लडाइँ अगाडी बढ्छ । त्यसैले सबैले न्याय संगत ब्यबहार बढाउन आबस्यक छ ।

लेखक/नरबहादुर दर्लामी ( बर्णबास )