नवलपुरको मध्यबिन्दु नगरपालीकामा पाटे चितुवा मृत अवस्थामा - MONGOL KHABAR

Breaking

नवलपुरको मध्यबिन्दु नगरपालीकामा पाटे चितुवा मृत अवस्थामा

नवलपुर, पुस ७ । नवलपुरको मध्यबिन्दु नगरपालीकामा पाटे चितुवा मृत अवस्थामा फेला परेको छ । मध्यविन्दु १५ गडार खोला स्थीत छाहारी सामुदायिक बन उपभोक्ता समुहको क्षेत्रमा पाटे चितुवा मृत अबस्थामा फेला परेको हो ।


आज दिउसो वन हेरालुले पाटे चितुवालाई मृत अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै गएको टोलीले चितुवालाई सब डिभीजन बन कार्यालय भाग्रा रानिटारका प्रमुख गणेशचन्द्र देबकोटालाई हस्तान्तरण गरिएको चोरमारा प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक नरबहादुर भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार चितुवा बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ ।