डिसेम्बर ९, २०१८
प्रेस विज्ञप्ती
उपरोक्त सम्बन्धमा मिति २०७५÷०८÷२२ (तदनुसार डिसेम्बर ८, २०१८) गतेका दिन सुनसरी जिल्लाको रत्नइन होटलमा मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ संगठनका केन्द्रीय संयोजक बीरलाल राईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सहित १५ वुँदे एजेण्डाहरु संशोधन सहित सर्वसम्मतिले पारित भई निम्न बुँदाहरु यसै प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौ ।
पारित बुँदाहरु निम्न छन्ः
१. मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले विश्वव्यापी प्रचलित लोकतान्त्रिक मुल्य मान्यता र मानवअधिकारको सम्मान गर्दै शान्तिपूर्ण आन्दोलन मार्फत अधिकार र न्याय प्राप्तिको निम्ति वैचारिक संघर्ष गर्नेछ ।
२. मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ कुनै पनि विखण्डण गतिविधि साथै हिंसात्मक कार्यको विरोध गर्दछ ।
३. २०७२ अशोज ३ गते जारी भएको संविधान बहुसंख्यक मूलबासी मंगोलहरुलाई विभेद गरेकोले संविधान पुर्नलेखन गर्नु पर्ने संगठनको निचोड रहेको छ । यसर्थ बाहुनवादी संसदीय व्यवस्थाको क्रियाकलापलाई भण्डाफोर गर्दै संसद बिघटन गरि बहुसंख्यक मूलबासी मंगोलहरुलाई सम्मान रुपले सम्बोधन गर्न दवाव मुलक कार्यक्रम गर्द जाने ।
४. प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको समानुपातिक कोटामा ‘खस आर्य’ हटाउन बिरोध गर्ने ।
५. अशोज ३ संविधान दिवसलाई निरन्तर विरोध गर्ने ।
६. दशैमा सांस्कृतिक सहिद घले राजा, रिदामा र रामलिहाङको सादा फोटोमा माल्यार्पण गर्दै खुल्ला श्रद्धाञ्जली सभा आयोजना गर्ने साथै कालो पट्टी बाँधेर दशैको बहिस्कार गर्ने ।
७. आदिबासी, जनजाति र दलित शब्द बहिस्कार गर्ने, राष्ट्रिय परिचयपत्रमा आदिबासी जनजाति उल्लेख भए त्यसको बिरोध गर्ने ।
८. दौरा सुरुवाललाई राष्ट्रिय पोषाक बनाइएको प्रति बिरोध गर्ने ।
९. निर्वाचन आयोगले प्रयोग गर्ने स्वस्तिक छाप नाजी चिन्ह, हिट्लरको चिन्ह भएको हुँदा खारेज गरी विकल्पमा ठिक चिन्ह प्रयोग गर्न सुझाव दिने ।
१०. डा. गोपाल गुरुङले लेख्नुभएको सन् १९८९ मा जारी घोषणापत्रको मर्म भावनालाई अटल भई लागु गर्न प्रतिवद्ध भई मंगोल दर्शन (मंगोल घोषणापत्र) स्थापना भएको दिन १ जनवरीलाई भव्य रुपमा मनाउने ।
–––––––––––––
तुलबीर दर्लामी
प्रवक्ता
मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ
केन्द्रिय सभा, काठमाडौं ।