संबिधानमा पुनर्लेखन हुनु पर्ने मंगोलको माग । - MONGOL KHABAR

Breaking

संबिधानमा पुनर्लेखन हुनु पर्ने मंगोलको माग ।

धरान । मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङ केन्द्रीय सभाको दोस्रो विस्तारित वैठक धरानमा सम्पन्न गरेको छ । धरान स्थित रत्न इन होटलमा बीरलाल राईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले महत्व पूर्ण निर्णय पारित गरेको संगठनका प्रवक्ता तुलबीर दर्लामीले बताउनु भएको छ ।
अहिलेको बहुमतको सरकार गतिविधि मुलुकमा भइरहेको राजनीतिक घट्नाक्रमलाई मध्यनजर गर्दै संगठनले आफ्नो स्पष्ट दृष्टिकोण बनाउनु पर्ने भएकाले हिजोको वैठकले स्पष्ट धारणा बनाएको प्रवक्ता दर्लामीले मंगोलखबरलाई जानकारी गराउनु भएको छ ।

तीनजना बाहुनले फेवरमा लेखिएको संविधानले बहुसंख्यक मूलबासी मंगोलहरुलाई न्याय दिन नसकेको भन्दै संविधान पुर्नलेखनको मुद्धा अगाडि सारेका छौ ।’ प्रवक्ता दर्लामीले भने ‘२०७२ मा जारी संविधान वर्णभेदी संविधान हो । जुन संविधान षड्यन्त्रकारी, विभेदकारी छ । यसकारण यो संविधान पुर्नलेखन हुनुपर्छ । वाहुनवादी संसदीय व्यवस्थाको क्रियाकलापको हामी भण्डाफोर गर्छौ ।’

मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले आदिबासी, जनजाति र दलित शब्द बहिस्कार अभियानको तिव्र थालनी गर्ने महत्वपूर्ण निर्णय भएको प्रवक्ता दर्लामीले बताउनु भयो । राष्ट्रिय पोसाक लाद्न पाइदैन भनेर डा. गोपाल गुरुङले मंगोल मेनिफेस्टोमा २९ वर्ष अघिनै लेख्नु भयो । राष्ट्रिय पोसाक खारेज गरिएको थियो । अहिलेको केपी ओली सरकारले बिउँत्याउदै राष्ट्रिय पोसाक लाद्नु भनेको फेरी सामन्ती कै प्रतिनिधित्व गरेको भन्दै संगठनले विरोध जनाउने बताउनु भयो ।