तीन दिन देखि बझाङ बाट अपहरणमा परेका युबक युपिको पलिया बाट अपहरणमुक्त । - MONGOL KHABAR

Breaking

तीन दिन देखि बझाङ बाट अपहरणमा परेका युबक युपिको पलिया बाट अपहरणमुक्त ।

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बझाङ्ग जिल्लाबाट तीन दिनदेखि अपहरणमा परेका एक युवकलाई भारतको पलियाबाट अपहरण मुक्त गरिएको छ । भारतको उत्तर प्रदेश स्थित खिरी जिल्लाको पलिया भन्ने स्थानमा लगेर राखिएका बझाङ को दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का धनराज जोशीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको पहलमा अपहरणमुक्त गरिएको हो ।


दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई अपहरण परेका जोशी लाई मुक्त गराईदिन आग्रह गरेपछि प्रशासन प्रहरी शसस्त्र प्रहरी लगायतको समन्वयमा जोशीलाई अपहरणमुक्त गरेर नेपाल ल्याईएको हो ।

उनलाई स्थानीयका जन प्रतिनिधिहरुको जिम्मा लगाईएको छ । दुर्गाथली गाउँपालिका ४ का २६ वर्षिय जोशीलाई भारतय एसएसबीसंग समन्वय गरी अपहरण मुक्त गरेर जन प्रतिनिधिको जिम्मा लगाइएको सशस्त्र प्रहरी वल, नेपाल ३४ नम्बर गण धनगढीका गण पति शसस्त्र प्रहरी नायव उपरिक्षक विष्णु प्रसाद भट्टले जानकारी दिए ।

पलिया घर भएका ५० बर्षीय रेहाना खाँ र जोशीले मिलेर जेसिभी स्काभेटर भाडामा लिएर सञ्चालन गरिरहेका थिए । दुवै बीच केही मतभेद भए पछि खाँले जोशीलाई घुम्न जाउ भनेर पलिया पुराएर अपहरण गरेका थिए ।