दुर्घटनामा परि मगर भाषाका आदिकवि जितबहादुर सिंजालीमगरको निधन - MONGOL KHABAR

Breaking

दुर्घटनामा परि मगर भाषाका आदिकवि जितबहादुर सिंजालीमगरको निधन

जगत ठाडा मंगोल
घोराही, ८ पुस । मगर आदिकबि जितबहादुर सिंजालीको आइतबार कपिलबस्तुमा निधन भएको छ । प्रहरीका अनुसार पुर्ब पश्चिम राजधार्गको कपिलबस्तु खण्डको बनकसीमा टिप्परको ठक्करबाट सिंजालीको निधन भएको हो । 

सिंजाली आइतबार बिहान लमहीबाट बुटवल तर्फ जादै गर्दा कपिलबस्तुको बनकसीमा गाडीले दिसापिसाव गराउने क्रममा सडक काट्दै गर्दा टिप्परले ठक्करले दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिंजालीका झोलामा भएका नम्बरमा फोनका आधारमा पहिचान भए पनि आफन्त आउन लागेको जनाएको छ । 
प्रहरीलाई प्राप्त नम्बर फोन गर्दा कालीगण्डकी गाउँपालिका—३ स्याङ्जा बताएको र हुलिएका आधारमा आफ्नो मान्छे भएको र उनीहरु कपिलबस्तुका लागि हिडेको प्रहरीले जनाएको छ । मृतक सिंजालीको शब अहिले कपिलबस्तुको बहादुरगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

सिंजालीलाइ लु १ ख ५४९५ नम्बरको टिप्परले ठक्कर दिएको हो । ठक्कर दिने टिप्पर चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखिएको छ ।

को हुन् मगर आदिकवि सिञ्जाली ? 
मगर भाषामा सबैभन्दा पहिले कविता संग्रह प्रकाशन गरेर लामो समयसम्म हराएका कवि सिञ्जाली भर्खरै फेला परेका थिए । स्याङ्जा जिल्ला स्थायी घर भएका सिंजाली वि.सं. १९८८ साल जेठ १८ गते गुल्मी जिल्लास्थित मामाको घरमा जन्मिएको थिए । मगर भाषा साहित्यमा विस २०१२ सालमा दुई कविता संग्रह मगर भाषाङ ल्हीङ् ड टूक्कौ किताबु र मगर भाषाङ काटसरौ किताबु लेखेर चार दशक बेपत्ता भएका सिंजाली मगर २०६२ साल कार्तिक १२ गते दाङ जिल्लाको भारतीय नाकासँग जोडिएको खंग्रा नाका क्षेत्रमा भेटिएका थिए । 

चार दशक बेपत्ता भएका कवि सिंजालीको नाममा साहित्य प्रतिष्ठान स्थापना गरी मगर समुदायले उनको लामो समयको खोजी गरेपछि उनलाई फेला पारेको थियो । सिंजालीको नाममा स्थापना भएको आदिकवी जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानुले सिंजालीको पहिलो बृत्तचित्र ‘जीवित तर मृत’ (DEAD AT ALIVE) निर्माण गरेको छ । माक्र्सवादी विचारधाराबाट प्रभावित कवि सिँजाली दाङ र भारतको नाकाक्षेत्रमा २०२६ सालदेखी बस्ती बसाउने व्यक्ति हुन् ।