पुस १५ देखि श्रम स्वीकृति लिन काठमाडौं धाउनु नपर्ने - MONGOL KHABAR

Breaking

पुस १५ देखि श्रम स्वीकृति लिन काठमाडौं धाउनु नपर्ने

५ पौष २०७५, बिहिवार । आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेश स्तर बाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको छ ।


मन्त्रालयले बिदामा आएका कामदारलाई सहज सुविधा दिन काठमाडौं केन्द्रित सुविधालाई प्रदेशमा लगेको हो। काठमाडौंस्थित वैदेशिक श्रम कार्यालयले बिदामा आउने झन्डै ५ हजार कामदारलाई दैनिक पुन: श्रमस्वीकृति दिँदै आएको छ । श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरमा विराटनगर, धनुषा, बुटवल, सुर्खेत, पोखरा र धनगढीमा कार्यालय खोलिएको छ ।

संघीयताको मर्म अनुरुप नै काठमाडौंमा केन्द्रीकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ । अहिले काठमाडौंको ताहाचलमा श्रम इजाजत लिन ठूलो भीड लाग्दा ठूलो सास्ती छ ।

अब यो समस्या हट्ने र सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने श्रम मन्त्री गोकर्ण बिष्टको विश्वास छ । कार्यालयहरुमा टोकन सहितको सहज श्रम स्वीकृति लिने व्यवस्था मिलाउने योजना मन्त्रालयको छ ।