चितवन महोत्सव आगामी पुस २५ देखि माघ ४ गते हुने - MONGOL KHABAR

Breaking

चितवन महोत्सव आगामी पुस २५ देखि माघ ४ गते हुने

झबिन्द्र मगर
चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने चितवन महोत्सव आगामी पुस २५ देखि माघ ४ गते सम्म हुने भएको छ । नारायणघाटको रमणिय नारायणी नदीको किनारामा हुने १२ अौ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन ।


महोत्सव वि.स २०५३ सालदेखि प्रत्येक २/२ बर्षमा गरिदै आएको छ । उद्योग वाणिज्य सङघ चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने आयोजकले बताएको छ । यस पटक चितवन महोत्सव नयाँ र धेरै किसिमको हुने छ ।  चितवन महोत्सबमा छ विशेष सहित ५०० स्टलहरु रहने छन । महोत्सवमा कृषि , स्वास्थ्य, शिक्षा र र पर्यटनमा आधारित गोष्ठी आयोजना गरिने आयोजकले बताइएको छ ।