लामो लिङग हुनेहरु भन्दा छोटो लिङग हुनेहरु सुखी - MONGOL KHABAR

Breaking

लामो लिङग हुनेहरु भन्दा छोटो लिङग हुनेहरु सुखी

काठमाण्डौ । लिंगको आकार सानो भयो भनेर धेरै पुरुषहरु चिन्ता लिने गर्छन् तर अब चिन्ता नलिनुहोस् । हालै गरिएको एक अध्ययनले लिंग ठुलो हुने भन्दा पनि लिंग सानो हुने घरबार नटुट्ने बताएको छ ।

अमेरिका र केन्याका अध्ययनकर्ताहरुले लिंगको आकार र वैवाहिक जीवनमा असरका बारेमा अध्ययन गरेका थिए । उक्त अध्ययनमा हामी धेरैले सोचे भन्दा विल्कुलै उल्टो नतिजा आएको छ ।

उक्त अध्ययनका अनुसार लिंगका आकार ठूलो भएका पुरुषका पत्नीहरुले उनीहरुलाई बढी धोका दिने देखाएको छ । ‘लिंगको आकार ठूलो भएका पुरुषसँग सहवास गर्दा महिलालाई बढी पीडा हुन्छ । त्यही भएर महिलाहरु आफूलाई कम पीडा हुने साथी खोज्न थाल्छन्,’  अध्ययनमा लेखिएको छ ।



उक्त अध्ययन केन्याको लेक भिक्टोरियाका मछ्वाराहरुबीच गरिएको थियो । अध्ययनका क्रममा एक महिलाले भनिन्, ‘आफूले भनेजसरी सहवास गर्नका लागि मैले अन्य पुरुष खोज्नुपरेको छ ।’प्लोस वान जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार पुरुषले महिलाले भने जस्तो यौन आसन नमान्दा, घरेलु हिंसा गर्दा र यौन सन्तुष्टि दिन नसक्दा वैवाहिक जीवनमा धोका पाउने गरेका छन् ।

महिलाहरु ज्यादा प्रताणित हुने हुदाँ अर्को यौनसाथी खोज्ने र पहिलो श्रीमानबाट उन्मुक्ति चाहाने अध्ययनले बताएको छ ।