दुवई / थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई सम्रक्षण र प्रवर्धन गर्ने हाम्रो अभियान " भन्ने मुल नाराको साथ यश बर्ष पनि थारु कल्याणकारीणि सभा यु,ए,ई, ले बिगतकामा जस्तै बिबिध सांस्कृतिक कार्यक्रमका साथ सातौ वाषिर्क भेला माघेसङ्गक्रान्ती (माघी) कार्यक्रम भब्य रुपले मनाउने भएको छ ।
11 जनवरी 2019 शुक्रबारका दिन स्थानिय समयनुसार मध्यान्ह १२ बजे देखी कार्यक्रम Raintree Rolla Hotel , Ground Floor, Oppostie Imperial Suites Hotel , DUBAI मा गरिने छ ।
कार्यक्रममा स्वदेशि तथा बिदेशी पाहुना हरुको आगमन संगै लोक प्रिय गायक केसब राज महतो र बहु चर्चित गितकार , संगितकारका धरोहरका रुमपा चिनिएका गायक श्रीनिवास चौधरी को धमाकेदार प्रस्तुतीका साथै स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।
माघेसङ्गक्रान्ती (माघी) लाई थारु समुदायले नया बर्ष को रुपमा मनाउने गर्दछन । माघिमा मौलिक संसकृति सखिया, झुमरा , लाठि नृत्य (stick dance ) प्रदर्शन र रमाईलो गरि मिठामिठा परिकारहरु खाई यो पर्व मनाउने प्रचलन थारु समुदायको छ । यहि अनुरुप प्रबासमा रहेर पनि बिगतका बर्ष झै यो बर्षमा पनि यु,ए,ई, मा रहेका थारु समुदायले माघी मनाउने छ ।
कार्यक्रम संयोजक लाल बहादुर चौधरीले जानकारी दिए अनुसार, यु,ए,ई, बासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि मंगोल खबरद्वारा चुल्हे निमन्त्रणा सहित कार्यक्रमा उपस्थितका लागि आह्वान समेत गर्नु भएको छ ।
