हेमाले पाइन आफ्नो आमालाई उपचारको सहयोग - MONGOL KHABAR

Breaking

हेमाले पाइन आफ्नो आमालाई उपचारको सहयोग

काठमाडौं – जीवन संघर्ष हो अनि जीवन दुखको अर्को नाम पनि हो । संघर्ष गरि राखे जीवनमा कहिले सुखका दिन आउंछन् पत्तो हुन्न । महान् बिद्धानहरुले संघर्ष र मेहेनतको बिकल्प नरहेको बताएका छन् । यस्तैमा यतिबेला आफ्नो दुख र संघर्षको कथाले युटुब च्यानलहरुमा भाईरल भैरहेकी साहसी नेपाली चेली हुन्, हेमा राई ।

२२ बर्षकी हेमा राई धरानकी हुन् । हेमाको आफ्नै कथा छ, अनि व्यथा छ । ३ महिना देखि हेमा ठमेलको एक होटेलमा सेकुरिटी गार्ड बसिरहेकी छिन् । ७ कक्षा पढेर परिवारको आर्थिक समस्याका कारण पढाई पनि बिचमै छोडेकी हेमा त्यस पछि बिदेश गईन् ।


इराकमा ३ बर्ष हाउस मेडको रुपमा काम गर्दा देश र आमा, बहिनीको मायाले उनलाई साह्रै सतायो । त्यसपछि देशमै बसेर केहि गर्छु भनेर नेपाल आईन् । हेमाको बुवाले उनको परिवारलाई बिचमै छोडे । सायद अर्की आमा लिएर बसे होलान्, हेमाले खुलाउन चाहिनन् । बुवाले छोडे पछि आमालाई रोगले सतायो, प्यालाईसिसको बिरामी आमाको उपचार, १० कक्षा पढ्ने बहिनीलाई ठुलो मान्छे सपना पुरा गर्न हेमा सेकुरिटी गार्ड बनिन् ।

त्यसैबिच युटुबमा उनको अन्तर्वार्ता भाईरल भयो । सुन्दरतामा राम्री हेमा बोल्न पनि मिठो बोल्छिन् । यसैबिच निकै नै मनकारी पत्रकार शिशिर भण्डारी हेमाको आमाको उपचारका लागि उपचार खर्च लिएर हेमाले ड्युटी गरेको होटेल मै पुगे । सहयोग पाएर हेमा धरधरी रोईन् । भिडियो हेर्नुस-https://youtu.be/N3XLRrJIiv0