क्रिश्चियनका केहि गायक तथा गायिका साथीहरू द्वारा सुन्नै नसकिने गरि क्रुप बनाएको मा हामी आम मुन्धुमी प्राकृतिक पुजकबिद किराती समुदायको आपती - MONGOL KHABAR

Breaking

क्रिश्चियनका केहि गायक तथा गायिका साथीहरू द्वारा सुन्नै नसकिने गरि क्रुप बनाएको मा हामी आम मुन्धुमी प्राकृतिक पुजकबिद किराती समुदायको आपती

हामी मुलबासी भुमिपुत्र किराती समुदायहरुको लाकछाम साकेला गितलाई क्रिश्चियनका केहि गायक तथा गायिका  साथीहरू द्वारा सुन्नै नसकिने गरि क्रुप बनाएको मा हामी आम मुन्धुमी प्राकृतिक पुजकबिद किराती समुदाय भित्र भयानक आपति सृजना भएको कुरा जगजाहेर गर्दछौ ।

बाटो सत्य येशुमा bato satya jiwan मा  भन्ने बोल रहेको गित दुरुस्त साकेला शिली मा बनाइएको भिडियो जून prerana production युटुब मा प्राप्त हुनु बित्तिकै सम्पुर्ण सामाजिक संजाल प्रयोगकर्ताहरु द्वारा सर्बब्यापी रूपमा बिरोध भएको हो ,जून बिरोध पश्चात् गएको राति त्यो च्यानल बाट हटाइएको छ ।

तर त्यो च्यानल बाट हटाए तापनि अर्को vision media production भन्ने च्यानलमा पनि अप्लोड गरिएको रहेछ । त्यो हामीले  प्रष्ट रूपमा हेरिरहेका छौ , upload time same date on 26 june 18

र अझै पनि यो भिडियो youtube मा  रहिरहे हाम्रो मौलिक  सस्कार सास्कृतिक माथि धेरै नै दखल पुग्ने र हाम्रो आस्था माथि बिकृती सृजना हुने भएको कारणले पनि त्यो भिडियो लाई तत्काल रूपमा हटाइयोस यहि अनुरोध गराउदछौ!

यो यत्ति मिजासिलो मेरो सुझाव सल्लाह अनुरोध प्रति बेवस्था गरिएमा हामी कानुनी प्रक्रियामा जान बाध्य हुनेछौ
भन्नु बित्तिकै धार्मिक बिरोधि भने पक्कै होइनौ ,तर जून धर्ममा जुन खालका गित भजन संग्रह लाई प्रयोग गराईन्छ । त्यसलाई मध्यनजर गरौ एक अर्का समुदायको सास्कृतिक गुन्जन प्रति अन्तरघुअलन गर्ने काम कदापि नगरौ ।

लेखक-बान्तावा भाषीक सल्लाहकार मातृका बाम्तावा