MNO.डा.गोपाल गुरुङ संगठनको धरानमा प्रशिक्षण - MONGOL KHABAR

Breaking

MNO.डा.गोपाल गुरुङ संगठनको धरानमा प्रशिक्षण

जगत ठाडा मंगोल
सुनसरी २४ मंसिर  मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ सुनसरी जिल्ला धरान उपमहानगरपालिका ६ नम्बर वडामा वडा सभा पुनः गठन भएको छ । जब्बर  बहादुर राइको संयोजकत्वमा १९ सदस्यीय सभा गठन भएको छ ।प्रशिक्षण कार्यक्रममा ७० भन्दा धेरै उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत भएको थियो ।केन्द्रिय संयोजक बिरलाल वालाहाङ राईले ज्येष्ठ नागरिक मंगोलहरुलाई खादा लगाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय संयोजक बिरलाल राई अतिथि मुलसचिव नरबहादुर दर्लामीमगर बर्णवास,सचीव लोक तामाङ अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राई संचार बिभाग प्रमुख जिवन मंगोल,केन्द्रिय सदस्य रतन दर्लामी मगर,केन्द्रिय सदस्य दिलु राई केन्द्रिय सदस्य नरेन्द्र थुलुङ,मोरङ जिल्ला सभाका संयोजक टेकबहादुर तामाङ, सुनसरी जिल्ला अध्यक्ष काजी राई जिल्ला सचीव जय आले समेत उपस्थित रहनु भएको थियो । कार्यक्रम पुर्व वडा अध्यक्ष योगेन्द्र थापामगरको अध्यक्षता र राजकुमार माक्रेहाङको संचालनमा जलकनिया सामुदायिक बनको भवनमा सम्पन्न भएको थियो ।