दाङमा MNO डा.गोपाल गुरुङ संगठनको प्रशिक्षण कार्यक्रमको तयारी - MONGOL KHABAR

Breaking

दाङमा MNO डा.गोपाल गुरुङ संगठनको प्रशिक्षण कार्यक्रमको तयारी

काठमाडौ ११ पौष । मुलबासी मंगोलहरुलाई बियुँझाउदै अगाडि बढने क्रममा पश्चिम नेपालको दाङ जिल्लामा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले यहि आउदो २०७५ पौष १४ गते शनिबारका दिन दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका ५ अरनीको मैदान देखि उत्तर तर्फको समीक्षा हलमा प्रशिक्षण कार्यक्रम हुने तयारी गरिसकेको छ । कार्यक्रम यस अघि पौषको ७ गते शनिबार हुने भनिए पनि मंगोलहरुको राष्ट्रिय प्राकृतिक पुजा भएको कारणले पौषको १४ गते शनिबारलाई सारिएको हो ।


अर्गनाइजेशनका केन्द्रिय सदस्य बिमला पुन मगरको पहलमा उक्त प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कार्यक्रममा केन्द्रिय उच्च नेताहरुले प्रशिक्षण प्रदान गर्नु हुने जानकारी मंगोल खबर अन्लाइनलाई फोन मार्फत जानकारी गराउनु भएको छ । प्रशिक्षण कार्यक्रममा पाल्पा ,रुपन्देही र नवलपुर जिल्ला बाट पनि सहभागी हुने जानकारी दिएको छ । प्रशिक्षण लिन सम्पुर्ण दाङ्गाली मुलबासी मंगोलहरुलाई आह्वान समेत गरिएको छ ।


प्रशिक्षण कार्यक्रम पश्चात् मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको दाङ जिल्ला सभाको तदर्थ जिल्ला सभाको संयोजक चयन गर्ने पनि केन्द्रिय नेतृ बिमला पुन मगरले बताउनु भएको छ ।