MNO डा.गोपाल गुरुङ्को चितवनमा दुई दिने प्रशिक्षण सम्पन्न - MONGOL KHABAR

Breaking

MNO डा.गोपाल गुरुङ्को चितवनमा दुई दिने प्रशिक्षण सम्पन्न

चितवन १४,पौष
मंगोल नेशनल अर्गनाइजेशन-डा.गाेपाल गुरूङ जिल्ला सभा चितवनको राप्ती नगरपालिका,थाकलटार गाउँ  वार्ड ११ नं.र कालिका नगरपालिका वार्ड नं.९ शक्तिखाेर गाउँ चेपाङ बस्तिमा २ दिने प्रशिक्षण कार्यक्रम भएको छ । केन्द्रीय सदस्य पुर्खाराम चेपाङ र वीर बहादुर तामाङको पहलमा कार्यक्रम भएको थियोे ।



मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशाशन बिभाग प्रमुख र प्रदेश नं.१ का प्रमुख शक्ति चाम्लिङको प्रमुख अतिथी र प्रशिक्षणमा मंगोलवाद बारे बुझ्न त्यहाँको जनताले धेरै इच्छुक रहेको सहभागि एक स्थानीयले बताउनु भयो ।कार्यक्रममा उपस्थित मंगोल जनताले अबको आशा र बिश्वास मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ माथी रहेको पनि मासमा आवाज उठाएका थिए । 


कार्यक्रम स्वागत मन्तब्य पुर्खाराम प्रजा,र स्वागत गीत प्रेमिका प्रजा,सबिना प्रजा निरुता प्रजा बाट शुरु गरिएको थियो । कार्यक्रम अक्कल बहादुर तामाङको सभाअध्यक्षमा र साहारा कुलुङ राईले संचालनमा भएको थियो ।