बुद्धलाल मेचेको नेतृत्व MNO ले मगर समुदायलाई खस आर्य बनाएको खुलास । - MONGOL KHABAR

Breaking

बुद्धलाल मेचेको नेतृत्व MNO ले मगर समुदायलाई खस आर्य बनाएको खुलास ।

कसलाई के भनौ, ०५६ सालको संसदीय निर्बाचनमा आदिवासी जनजाती भन्दै आफुलाई जनमुक्ति पार्टीका महान पहिचानबादी नेता दर्शाउने गोरेबहादुर खपाङ्गे पाल्पाका र देशै भरिका सोझा मुलबासी मंगोललाई भोट बैकका रुपमा मात्र प्रयोग गरेनन ।

आफ्नो ब्याक्तिगत स्वार्थका लागि हतियार नै बनाए । अन्तमा सिंहदरबार भित्र पसे पछि पाल्पा लगायत देशै भरीका मगरहरुलाई देखाएको सपना महान पहिचान आफ्नो स्वार्थको निमित्त मात्र गरेको राजा ज्ञानेन्द्रको हात बाट लगाएको रातो टिकाले प्रष्ट पार्यो ।

अनन्त खपाङ्गेलाई जनमुक्ती पार्टीले साधरण सदस्य समेत नरहने गरि कार्बाही गरियो । अहिले जनमुक्ति पार्टीको नाम मात्र छ । त्यसै गरि पाल्पामा बिगत केही बर्ष देखि मंगोल अस्तित्व, मंगोल भुमि र मंगोल राष्ट्रबादको नारा लिएर तात्कालिन मंगोल नेशनल अर्गनाइजेशनका होनहार योद्धा केन्द्रिय सदस्य तुलबिर दर्लामी मगरले पाल्पा जिल्लालाई मंगोल किल्ला बनाउन तन मन र धनले त्यहाँका मंगोलहरुलाई जाग्रुप गराईसकेको थियो ।

फेरि मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय मुलसचिब थमनबहादुर बुढा मगर, केन्द्रिय कल्पना थापा मगर र लालबहादुर दर्लामी मगरले आफ्नो ब्यक्तिगत स्वर्थको लागि त्यहाँको मगर मंगोलहरुलाई गोरेबहादुर खपाङ्गेले जस्तै हामी आदिवासी जनजाती होइनौ, हामी त मुलबासी मंगोल हौ भन्दै पेट पाल्नको लागि मात्र राजनीति गर्दै त्यहीको मगर मंगोल जनता माथी आघातको बज्रपात ल्याएको छ ।

म धेरै भन्न चहान्न सायद पाल्पा जिल्लाका लागि रोल्पाका थमनबहादुर बुढा मगर, गुल्मीका कल्पना थापा मगर र पाल्पाका लालबहादुर दर्लामी मगर नौलो होइन । यिनिहरु जस्ता पेट पालुवाले पाल्पाका मगर मंगोल जनतालाई पहिला के भन्यौ र अहिले के गर्यो भन्ने गएको प्रदेश तथा प्रतिनिधि सभा निर्बाचन बाट प्रष्ट बुझिन्छ ।

पाल्पाका सोझा मगर मंगोललाई हामी त मुलबासी मंगोल हौ है आदिवासी जनजाती होइनौ भन्दै प्रशिक्षक दिदै हिड्ने थमनबहादुर र लालबहादुरले गोरेबहादुर खपाङ्गे कै बाटोमा मात्र नभैइ देशै भरका मगरलाई खस आर्य बनाई दिएको छ । थमनबहादुर बुढा मगरको प्रशिक्षण सुन्न साथ सायद कुनै मगरहरुको मन नपगल्ने कुरै छैन ।

बिडम्बन मंगोल पिता डा.गोपाल गुरुङको सिद्धान्त र मंगोल नेशनल अर्गनाइजेशनको बिधानमा साधरण सदस्य समेत खस आर्यले नपाउने छ । हुन त थमनबहादुर बुढा मगर आफैले पनि धेरै सभा र प्रशिक्षणमा मंगोलले साधरण सदस्य २५ रुपियामा बन्न सकिन्छ, खस आर्यलाइ अर्बौ रुपियाँ दिन तयार भए पनि मंगोल नेशनल अर्गनाइजेशनको सदस्य कडापी दिने छैन भनेर भुकेकै प्रमाण छ । तर अन्तमा त्यही साधरण सदस्य समेत अर्बौ रुपियाँमा बन्न नपाउने खस आर्यलाई गत प्रदेश सभा र प्रतिनिधि सभा चुनाबमा मंगोल नेशनल अर्गनाइजेशनले समानुपातिक प्रणालीमा सिधै खस आर्यलाइ उम्मेद्बारी बनाएर छाड्यो ।

आदिवासी जनजाति स्विकार्यो । त्यति मात्र नभएर आफ्नो मातृभाषा बोल्न नजान्ने मगरहरुलाई खस आर्य कोटामा उम्मेद्बारी बनायो । अझै पनि मंगोलको नाममा ठगी खाने पल्केका थमनबहादुर बुढा मगर र लालबहादुर दर्लामीले पाल्पाका मगर मंगोलहरुलाई भाड्दै मुलबासी मंगोल नै हौ भन्दै पेट पालिरहेका छन ।

नीति नियम र प्रक्रियागत रुपमा निर्बाचन आयोगमा खस आर्य स्विकारेको,आदिवासी जनजाति स्विकारेको र मगरलाई खस आर्य कोटामा हालेको प्रष्ट निर्बाचन आयोग द्वारा प्रकाशित प्रदेश र प्रतिनिधि सभाको निर्बाचन पुस्तिका साची छ । अझै पाल्पा लगायद अरु जिल्लाका मंगोलले नबुझेको भए किनेर पढ्न अनुरोध गर्दछ ।

त्यसैले मैले पाल्पाका मुलबासी मंगोल बुबा आमा,दाजु भाइ,दिदि बहिनी र विशेष गरि पाल्पाका युबाहरुलाई थमनबहादुर बुढा मगर र लालबहादुर दर्लामी मगर जस्ता केही पाल्पाका नेताहरुको कुरा नसुनि मंगोल दर्शन र सिद्धान्तनिष्ठ भएर अगामी दिनमा आफ्नो मंगोल अस्तित्व,मंगोल भुमी र मंगोल राष्ट्रबादलाई आत्मा साथ गर्दै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनमा आबद्ध हुन हार्दिक अपिल गर्दछ ।

    तलको तस्बिरले प्रष्ट बोल्छ एक पटक हेर्न नभुल्नु होला।
             जय मंगोल । जय भुमिपुत्र ।। जय मुलबासी ।।।