MNO डा.गुरुङ द्वारा सहयोग । - MONGOL KHABAR

Breaking

MNO डा.गुरुङ द्वारा सहयोग ।



काठमाडौ मंसिर, नेशनल अर्गनाइजेसन-डा. गोपाल गुरुङले  राजनैतिक कार्यको साथमा बिभिन्न सामाजिक कार्यलाई समेत अगाडि बढाउदै फेरि ताप्लेजुङ जिल्ला नाल्बु निबासी पेम्बा शेर्पाको छोरा सनम शेर्पालाई बल्ड क्यासर भैइ कान्ति बाल अस्पताल काठमाडौमा उपचारतलाई आर्थिक सहयोग गरेको छ । उहाँको आर्थिक स्थिति कम्जोर भएको कारणले केही सहयोग पुगोस् भन्ने उदेश्यले मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ द्वारा संकलित अक्षरुपी २०,७७५ रुपियाँ रकम केन्द्रिय संयोजक बिरलाल वालाहाङ राई ज्युले प्रदान गर्नु भएको हो ।

साथै उहाँले सम्पुर्ण सहयोगी संस्थाहरुलाई समेत सहयोग गरि बिरामीको जीवन रक्षा गरि दिनु हुन आह्वान र  बिरामीलाई स्वास्थ लाभको कामना सहित प्रदान गर्नु भएको थियो । उक्त रकम हस्तान्तरण कार्यक्रममा केन्द्रिय संचार बिभाग प्रमुख जिवन मंगोल केन्द्रिय सदस्य इन्दिरा राई ,प्रवास सभा मलेसियाका अध्यक्ष GB गुरुङ र सक्रिय सदस्य प्रकाश राई पनि उपस्थित रहनु भएको थियो ।