MNO डा.गोपाल गुरुङ संगठनले मंगोल दर्शन जन्मदाता अमर डा.गोपाल गुरुङको ७९ औं जन्म उत्सब मनाइयो - MONGOL KHABAR

Breaking

MNO डा.गोपाल गुरुङ संगठनले मंगोल दर्शन जन्मदाता अमर डा.गोपाल गुरुङको ७९ औं जन्म उत्सब मनाइयो

सुनसरी /धरान मंसिर २०,मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ द्वारा आज केन्द्र प्रदेश लगाएत संगठनको हरेक तहमा मंगोल दर्शनका जन्मदाता अमर डा.गोपाल गुरुङ  ज्युंको ७९ औं जन्म उत्सव मनाएको छ । केन्द्रिय पदाधिकारी सहितको टोलीले सुनसरी जिल्लामा भब्यताको साथ उहाको जन्म उत्सव मनाएका हो ।

पुर्वकै मुटु शहर धरानमा रहेको उक्त कार्यक्रममा नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय संयोजक बिरलाल राइ, बिशिस्ट अतिथि केन्द्रिय  मुलसचिव नर ब दर्लामीमगर (बर्णवास), केन्द्रिय सचीव लोक तामाङ, केन्द्रिय सह-सचीव मोहन सेरेङ लिम्बु, केन्द्रिय प्रवक्ता तुलबिर दर्लामी  अनुशासन बिभाग, प्रमुख शक्ति चाम्लिङ राई, संचार प्रमुख जिवन मंगोल,आर्थिक बिभाग प्रमुख आरेन राई र अतिथिहरु केन्द्रिय सदस्यहरु रहनुभएको थियो ।

कार्यक्रममा केन्द्रिय सचीव लोक मोक्तानले र केन्द्रिय संयोजक वीरलाल वालाहाङ राई ज्युंले आफ्नो मन्तव्य राख्नु भएको थियो । केन्द्रिय संयोजक बिरलाल राई ज्युं ले आफ्नो छोटोे मन्तव्य राख्दै  युग पुरुष डा. गोपाल गुरुङ ज्युंले यो देशको 80% अहिन्दु मुलबासी मंगोलहरुको मुक्तिको लागी लद्नु भएको महान कार्यको बारेमा वर्णन गर्नुभएको थियो । कार्यक्रम संचालन सुनसरी जिल्ला सचीव जय आले मगरले गर्नुभएको थियो भने कार्यक्रम सभाअध्यक्ष सुनसरी जिल्ला अध्यक्ष काजिराम राई रहनुभएको थियो ।