नवलपुर / गिरुबारी ,विक्रम सम्बत २०७५ पौष २ गतेको दिन,स्वर्गिय गम बहादुर राना मगर (ढोड्के) को छोरा बर्ष ३७ को युवराज राना मगर (पुड्के) गिरुबारी चौपारी देखी तुल बहादुर सारु मगरको घर सम्म माझटोलको बाटो फराकिलो बनाउने क्रममा बाटो छेउ छाउको रुखको हाङ्गाहरु काट्ने शिलशिलामा बिफ्ले कुमालको घर निरको ठुलो आपको रुख बाट हाङ्गा संगै तल खसी टाउकोमा गम्भीर चोट लागेको र दाहिने खुट्टा भयवह अवस्थामा भाचिएको छ ।
हालको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा रहेको जानकारी प्राप्त हुन आएको र उसको घरको आर्थिक स्थिति निकै नै दयनीय भएकोले स्थानीय सृजनशिल महिला समुह माझटोलको आमा समुहले करिब रु ६० हजार गाउँ बाटै उठाई सहयोग गरिसक्नु भएकोस्विकार्नु छ । अझै धेरै रकम अभाब भएकोके तमाम स्वदेश तथा विदेशमा रहनु हुने दाजुभाई र दिदिबहिनीहरु संग सक्दो आर्थिक सहयोगको अपिल गरिएको छ । तपाई हामी मनकारी मन हुनेहरुले उसको उपचारमा सहयोग गरि मानविय धर्म पुरा गरौं, सेवा नै धर्म हो ।