मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मकवानपुरमा एक दिने प्रशिक्षण कार्यक्रम हुने - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मकवानपुरमा एक दिने प्रशिक्षण कार्यक्रम हुने

चितवन / १७,पौष मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मकवानपुरमा एक दिने प्रशिक्षण कार्यक्रम  गर्ने भएको छ । प्रशिक्षण कार्यक्रम मकवानपुरको हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १९, बसाहामाडी ज्यामिरेमा हुने भएको छ ।


कार्यक्रम प्रबास सभा मलेसियाका सक्रिय सदस्य दिलिप कुमार तामाङको पहलमा हुने भएको हो । पछिल्लो समय चितवन र मकवानपुरको विभिन्न स्थानमा मंगोलवाद बारे प्रशिक्षण गर्दै आएको छ ।

प्रशिक्षण कार्यक्रम अर्गनाइजेशनका उच्च केन्द्रिय सदस्य पुर्खाराम प्रजा, बिरबहादुर तामाङ र अक्कल बहादुर तामाङले प्रशिक्षण दिने केन्द्रिय सदस्य पुर्खाराम प्रजाले टेलिफोन मार्फत" मंगोल खबर "लाई जानकारी दिएको छ ।