धनकुटामा तीन जना गोरु काट्ने क्षेत्री पक्राउ - MONGOL KHABAR

Breaking

धनकुटामा तीन जना गोरु काट्ने क्षेत्री पक्राउ

पौष । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फलामेटारबाट गोरुको मासु र छाला सहित ३ जना पक्राउ परेका छन् । 
ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले गोरु काटी गोरुको छाला र मासु छुट्टाछुट्टै बोरामा प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारी गोरुको छाला र मासु सहित साँगुरीगढी गाउँपालिका-६ का कल्याण सिजापती भण्डारी, २२ बर्षीय धन बहादुर सिजापती भण्डारी र बर्ष २६ को मदन भण्डारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनालाई नै थप अनुसन्धान र कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाईएको उक्त कार्यालयले जनाएको छ ।