मुक्तिनाथ बैंकद्वारा गिरुवारीकी बिपन्न एक सदस्यको ऋण मिनाहा - MONGOL KHABAR

Breaking

मुक्तिनाथ बैंकद्वारा गिरुवारीकी बिपन्न एक सदस्यको ऋण मिनाहा

पौष, २८, कावासोती । मुक्तिनाथ बिकास वैंक शाखा कार्यालयले विना धितो कारोबार गरेकी नवलपुरकी एक सदस्यको ऋण मिनाहा गरिदिएको छ । हुप्सेकोट गाउँपालिकाको गिरुबारीकी सदस्य इन्द्रि परीयारको ६१ वर्षमा निधन भएको भन्दै परियारले कर्जा वापत किस्ता बुझाएको ५ हजार ६ सय ९९ रुपैया पनि हकवाला नातिनी कुसुम परीयारलाइ बैंकका प्रमुख घरै गएर फिर्ता दिएको बैंकले जनाएको छ ।
साथै बाकी सावा र ब्याज वापतको ५५ हजार ७ सय ४३ रुपैया मिनाहा गरीएको र काजक्रिया वापत ५ हजार रुपैयाँ समेत मृतकका परिवारलाई प्रदान गरीएको वैकका लघुवितम डेस्क प्रमुख सोभा कान्त पौडेलले जानकारी दिनुभयो । सो अवसरमा वैकले प्रदान गरेको सेवाहरुको बारेमा जानकारी दिदै वैकले वित्तीय कारोबार सगै सामाजिक उतरदायित्वको क्षेत्रमा समेत काम गदै आइरहेको वैकका शाखा प्रमुख सुबास सुवेदीले बताउनुभयो ।