मिरमिरे नवबिहानी युवा क्लव तथा शान्ति प्रावि नवलपुर हुप्सेकोटको आयोजनामा हालै ३ वटा कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

मिरमिरे नवबिहानी युवा क्लव तथा शान्ति प्रावि नवलपुर हुप्सेकोटको आयोजनामा हालै ३ वटा कार्यक्रम सम्पन्न

नवलपुर । पौष १७,मिरमिरे नवबिहानी युवा क्लव तथा शान्ति प्रावि नवलपुर हुप्सेकोटको आयोजनामा हालै ३ वटा कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रम तीन चरण गरि गरिएको थियो । बिहान १० बजे बाट शान्ति प्रा वि का १५० बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्री बितरण भयो । काठमाडौं १५ निबासी सामुदायिक सेवा मञ्चका अध्यक्ष अमिन पाण्डेयको पहलमा दौतरी संस्थाका अध्यक्ष सम्पन्न स्थापित तथा उत्तरा मानन्धरले सहयोग गर्नुभएको हो ।


कार्यक्रमको दोस्रो चरणमा प्रा वि स्तरीय वक्तृत्वकला प्रतियोगिता भयो । यसका लागि पुरस्कारको सहयोग नवप्रतिभा साकोस अरुणखोलाले गरेको थियो । प्रतियोगितामा हुप्सेकोट मा वि कि चिनुमाया मगरले प्रथम स्थान हासिल गरिन् ।

करिब ४ बजेबाट तेस्रो चरणको सांस्कृतिक कार्यक्रम सुरु भयो । यस कार्यक्रममा राष्ट्रिय कलाकार ढाकाराम पौडेलको विशेष प्रतुति रह्यो । संस्कृति जोगाउन आग्रह गरिएका गीतले सबैको मन जित्यो । दुर्गा सापकोटा र ढाकारामको दोहोरीमा हुप्सेकोटबासी जुरुक्कै भए । राशी रिजालको कमेडीमा दर्शक हाँसेको हाँस्यै भए । सुजन बिसीले अहिलेका चर्चित गीतबाट मनोरञ्जन गराए । त्यसैगरी गायक हरि खाम्चाले पनि विविध गीतबाट मनोरञ्जन गराए ।


गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्था तथा विद्यालयका वि व्य स अध्यक्ष पतिराम सोमैले गर्नुभएको थियो । कार्यक्रममा बिशेष अथितिका रुपमा गाउँपालिका शिक्षा प्रमुख टंकनाथ ढकाल,उद्योग व्यबसाही महासंघ ४ नं प्रदेशका सचिव सन्तोष सुवेदी,वद्युत प्राधिकरण ट्रेड युनियनका नवराज कडरिया, नेपाल विद्युत प्राधिकरण कावासोतीका ईन्चार्ज राजिव शर्मा,नवप्रतिभा साकोसका सचिव जोगमाया महतो रहनुभएको थियो ।

त्यसैगरी स्थानिय वडा अध्यक्ष छाम बहादुर सोमै मगर, नेपाली भाषा साहित्य संघ नवलपरासीकी सचिव टीका सापकोटा शिक्षक संघ हुप्सेकोटका अध्यक्ष रामप्रसाद पाण्डेय,हुप्सेकोट मा वि का प्र अ खेम बहादुर सारु लगायत अन्य विद्यालयका प्र अ ,वडा सदस्यहरुको विशेष उपस्थिति थियो । अधिकांश बक्ताहरुले त्यहाँको बिकासको बारेमा बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक पुष्पा पाण्डे तथा बहुप्रतिभाका सुमुधुर स्वरका धनी गायक तथा कुशल उद्वघोषक दुर्शम मगरले गर्नुभएको थियो ।