पाल्पाको निस्दी गाउँपालिकामा जन्मनु भएका नवगायक, लोक प्रेमी यानु मगरकाे “घुम्नलाई आउनु है माया” बोलको मौंलिक झ्याउरे गित बजारमा सार्बजनिक - MONGOL KHABAR

Breaking

पाल्पाको निस्दी गाउँपालिकामा जन्मनु भएका नवगायक, लोक प्रेमी यानु मगरकाे “घुम्नलाई आउनु है माया” बोलको मौंलिक झ्याउरे गित बजारमा सार्बजनिक

पाल्पा । माघ, पुर्बी पाल्पाको निस्दी गाउँपालिकामा जन्मनु भएका नवगायक, लोक प्रेमी यानु मगरकाे “घुम्नलाई आउनु है माया” बोलको मौंलिक झ्याउरे गितको म्युजिक भिडियो वजारमा सार्बजनिक गरिएको छ ।
गायक यानुको पहिलो गित "अन्तिम इच्छा" बोलको गित पनि चर्चित गित हो । " घुम्नलाई आउनु है माया " बोलको गित यानु मगर र प्रिया मगरको संयुक्त प्रस्तुति हो । यो गीतलाई ग्यालेक्सी म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको छ । अत्यन्त मौलिक झ्याउरे गीतको शब्द तथा लय लोक गायक तथा सर्जक गम बयम्बु मगरले गर्नुभएको हो ।

गीतमा नवगायक लोक प्रेमी यानु मगर र प्रिया मगरले स्वर दिनुभएकाे छ । भिडियाेमा सुमन थापा मगर र प्रिया मगरको अभिनय रहेको छ । रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो । सुमन थापा मगरको निर्देशन रहेको यो गीत गायक यानु मगरको यो दोस्रो प्रस्तुति हो ।