देवघाट गाउँपालिका वडा नम्बर २ खानिभित्ता देउराली टोल बिकास सस्थाले आफ्नो टोल बिकास सस्थालाई वडा भित्रको दोस्रो पुर्ण सरसफाइ टोल घोषणा - MONGOL KHABAR

Breaking

देवघाट गाउँपालिका वडा नम्बर २ खानिभित्ता देउराली टोल बिकास सस्थाले आफ्नो टोल बिकास सस्थालाई वडा भित्रको दोस्रो पुर्ण सरसफाइ टोल घोषणा

आशिक राना
तनहुँ । माघ, देवघाट गाउँपालिका वडा नम्बर २ खानिभित्ता देउराली टोल बिकास सस्थाले आफ्नो टोल बिकास सस्थालाई वडा भित्रको दोस्रो पुर्ण सरसफाइ टोल घोषणा गर्न सफल भएको छ ।
देवघाट गाउँपालिका २ नम्बर वडा कार्यालय देवघाटले आयोजना गरेको कार्यक्रममा प्रमुख देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यल बहादुर गुरुङ्ग रहनु भएको थियो ।

कार्यक्रममाको समुद् घाट्न भने स्थानीय ८६ बर्षाका जेष्ठ नागरिक लाल बहादुर थापामगरले पानसमा दियो बालेर समुद् घाट्न गर्नु भएको थियो।कार्यक्रममा स्वागत मनतब्य देउराली टोल बिकास सस्थाको सचीव नर बहादुर थापामगरले दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका गुरुङ्गले कार्यक्रममा बोल्दै देउराली टोल बिकास सस्थाले राम्रो कामको थालानी गर्दै आज आफ्नो टोललाई वडा नम्बर भित्रको दोस्रो पुर्ण सरसफाइ टोल घोषणा गर्न सफल भए संगै धन्यवाद दिनु भएको थियो। भुगलको हिसाबले देवघाट गाउँपालिकाको ५ वटा वडा भन्दा सबै भन्दा बढी क्षेत्रफल रहेको २ नम्बर वडामा कृषि,पशुपालन बिकासको सम्भावना पनि बढी रहेको बताउनु भएको थियो ।

कार्यक्रममा अतिथिको रूपमा देवघाट गाउँपालिकाको कार्यापालिका सदस्य बालकुमारी परियार,देउराली टोल बिकास सस्थाका अध्यक्ष अनिल थापामगर र देवपुर टोल बिकास सस्थाका कोषाध्यक्ष दधिराम सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम देवघाट गाउँपालिकाको वा.स सह होम बहादुर भारतीले सन्चालन गर्नु भएको थियो भने देवघाट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पोल बहादुर आलेमगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।