बोनम्यारो पीडित प्रेमबहादुर पुन मगर बचाउ अभियान, सेवा नै धर्म हो सबैले सहयोग गरि दिनु होला - MONGOL KHABAR

Breaking

बोनम्यारो पीडित प्रेमबहादुर पुन मगर बचाउ अभियान, सेवा नै धर्म हो सबैले सहयोग गरि दिनु होला

दाङ । माघ ३, फेसबुक संजालको माध्यमबाट भए पनि म फेरि, ईन्टरनेटको आधारमा देश र जनतालाई योगदान पुर्याउदै आउनु भएका राष्ट्रप्रेमि तथा जनताकालागि आर्थिक योगदान पुर्याउनु हुने सम्पुर्ण देश तथा बिदेशमा बस्नु हुने तमाम नेपाली दाजुभाइ दिदीबहिनी र आमाबुवाहरुमा फेरि पनि मानव बचाउ अभियान चलाउन बाध्य भए ।
प्रसंग प्रेमबहादुर पुन ज्युले म संग उठाउनु भएको हो । यसमा मैले कसरी पुर्ण बिराम लगाउने भन्ने म संग कुनै जवाफ नै आयन । 29 बर्षको कलिलो उमेरमा उहाँका ती कलिला नानीहरु र श्रीमती को दयनीय अवस्था घरको स्थिती एकदमै कमजोर छ । हामी मानव हौं हामिलाई हिजो हिन्दुबादी अतिक्रमणबादीहरुले ढुङ्गा मा पैसा चढा भन्दा चढाउने दूध चढा भन्दा चढाउने र मान्छेलाई मुत चढा भन्दा चढाउने भएका थियौं । तर आज हाम्रो सामु धेरै नै सत्य तथ्य खुलासाहरु आएका छन ।

हामिमा धेरै चेतना खुली सकेको छ । यस्ता कल्कलाउदा उमेरका युवाहरु रोगले ग्रसित हुदा हामिले एक पैसो पनि आफुले जानेर सहयोग गर्न सक्दैनौं । त्यसैले हामिले न बोल्ने मुर्तिलाई चढाउने भेटी र नदिमा बगाउने एक पैसालाई जम्मा गरेर मानवको सेवा तिर लागौं । प्रेमबहादुर पुन बोनम्यारो पीडित रोगी हो ।

उहाँको अप्रेसनको लागि चालीस लाख रुपियाँ लाग्ने भएकोले हामी उहाँको जीवन बचाउनको लागि जे जति हुन्छ हातमा हात र काँधमा काँध मिलाएर उहाँको लागि सहयोगीहातहरु अघि बढाऔँ । म फेरि पनि आग्रह गर्दछु । हाम्रो सानो सहयोगले उहाँको जीवन बाँच्छ भने सेवा नै धर्म हो भन्ने धारणा राखेर सहयोगिहातहरु अगाडि बढाऔं ।
अभियान कमिटी मंगोल नेशनल अर्गनाइजेशन- डा.गोपाल केन्द्रिय सभा काठमाडौ ।

पीडितको आफ्नै बोली सुनी निम्म उल्लेखित नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछ । रोल्पा जिल्ला साबिक गैरिगाउँ गाबिस वडा नं  ५ हाल त्रिवेणी गाउँपालिका वार्ड नं ७ निबासी श्री बलबहादुर पुनको छोरा वर्ष २९ को म प्रेमबहादुर पुन बिगत ९ महिना देखि बोनम्यारो रोगबाट पीडित भै हाल टिचिङ हस्पिटल काठमाडौमा उपचार गराईरहेको छु । सहयोगको लागी पीडित प्रेमबहादुर पुन  बैंक अफ काठमाडौ लिमिटेड घोराही शाखा दाङ एकाउन्ट ०३१८०००००६८५ मोबाइल नम्बर ९८४९८८०९२७  / ९८१३१८६६२७ सम्पर्क गरेर सहयोग गरि मलाई पुनर्जीवन दिएर मेरा यी स-साना छोराछोरीको भविस्य उज्ज्वल बनाइदिनुहुन पुनः विनम्र अनुरोध गर्दछु धन्यवाद ।