पाँच नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम पश्चात् मंगोलले भातृसंगठन गठन र प्रदेश सभा बिस्तार - MONGOL KHABAR

Breaking

पाँच नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम पश्चात् मंगोलले भातृसंगठन गठन र प्रदेश सभा बिस्तार

बुटवल । माघ १२ शनिबार, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन पाँच नम्बर प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
पाँच नम्बर स्तरिय प्रशिक्षण कार्यक्रम पश्चात दिपक मंगोलको संयोजकमा ९ जना रुपन्देही मंगोल विद्यार्थी सभा, सोनिस गाहा मगरको संयोजकमा ७ जना मजदुर सभा र केन्द्रिय सदस्य तथा पाँच नम्बर प्रदेश संयोजक बिमला पुन मगरको संयोजकमा २० जना प्रदेश सदस्यको पाँच नम्बर प्रदेश सभा बिस्तार गरिएको छ ।
प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि/प्रशिक्षण तथा केन्द्रीय कोषाध्यक्ष दिनेश बान्तवा ज्युले मंगोल दर्शन र मंगोल अस्तित्वको बारेमा प्रस्ट्याउनु भएको थियो । अर्का विशेष अतिथी बक्ता केन्द्रीय अनुशासन बिभाग प्रमुख तथा एक नम्बर प्रदेश प्रमुख शक्ति राईले संगठनको नीति र कार्य योजना बारेमा बोल्नु भएको थियो ।
मानव अधिकारबादी नवीन राना मगरले अर्गनाइजेशनको एउटा क्रान्ती मध्ये आर्थिक क्रान्ती एउटा प्रमुख क्रान्ती भएकोले संगठनका उच्च नेताहरु संग समन्वय गरेर छिट्टै मंगोल बैंक स्थापना गर्ने गरि अबधारण प्रस्तुत गर्नुभएको थियो । सोही अबधारणलाई बुझेर आजै मंगोल सहकारी सस्था स्थापना गरि केही रकम समेत जम्मा गरेको छ । अब संगठनले राष्ट्र ब्यापी रुपमा यसै मंगोल सहकारी सस्थालाई बिस्तार गर्ने तयारी गर्ने जनाएको छ ।
अतिथिहरुमा मंगोल विद्यार्थी संगठनका संयोजक अडिल खम्बु, मजदुर सभा संयोजक कान्छा राई, केन्द्रिय प्रबक्ता तुलवीर दर्लामी,केन्द्रीय सदस्य जगत ठाडा मंगोल,फजुल मंसुरी , पुर्खाराम प्रजा,जय सारु मगर,कृष्ण दर्लामी मगर,गोबिन्द राना,शंकर सुनार,दाङ जिल्ला सभाका संयोजक धनराज स्वर्णकार र युबा सभा पाल्पाका अध्यक्ष बिमल राना मगर लगायत केन्द्रीय उच्च नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम पाँच नम्बर प्रदेश संयोजक बिमला पुन मगरको सभापतित्व र साहारा कुलुङ राईको संचालनमा रुपन्देही बुटवलको कालिकानगर स्थित रोज पार्टी प्यालेसको सभा हलमा भएको थियो ।