विशेष अदालतले भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा - MONGOL KHABAR

Breaking

विशेष अदालतले भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा

काठमाडौं । माघ २,विशेष अदालतले भ्रष्टाचार मुद्धामा पूर्वमन्त्री बिक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको छ । सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्धामा पाण्डे ४ धरौटी बुझाएर रिहा भएका हुन्

अख्तियारको फरार सूचीमा रहेका उनलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी म्यादभित्रै अदालतमा हाजिर भएका हुन् ।
अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग्ने निर्णय गर्‍यो । पाण्डेले बुधबार रकम नबुझाए पनि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसे पछि उनी धरौटीमा छुटेको छन् ।