सबै धर्मलाइ प्रेम गरौँ । धार्मिक सहिष्णुता कायम गरौ। धर्मनिपेक्षलाई सस्थागत गरौ - MONGOL KHABAR

Breaking

सबै धर्मलाइ प्रेम गरौँ । धार्मिक सहिष्णुता कायम गरौ। धर्मनिपेक्षलाई सस्थागत गरौ

सबै धर्मलाइ प्रेम गरौँ । धार्मिक सहिष्णुता कायम गरौ।
धर्मनिपेक्षलाई सस्थागत गरौ । हामी जन्मसिद्ध भुमिपुत्र मुलबासी मंगाेल हौ । कति साथीहरूले मुलबसी मंगाेलको धर्म के हो भनी प्रश्न गर्छन् त्यो बौद्धिक प्रश्न हैन । हामी मुलबासी मंगाेलहरु कोहि बुद्धिस्ट छौ , कोहि किराती छौ, कोहि प्रेमबाद छौ , कोहि मुस्लिम छौ , कोहि इसाई ( क्रिश्चियन ) छौ , कोहि प्राकृति आस्थामा छौ , कोहि  बोन आस्थामा छौ , कोहि  शिखमा छौ , कोहि जैनमा छौ , कोहि सत्यहाङ धर्ममा छौ, कोहि  युमा धर्ममा छौ  , कोहि कोही नास्तिक पनि छौ होला , जो जो जहाँ रहे पनि आ आफ्नो आस्थामा खुसी छौ, आन्न्द पाएका छौ , शान्ति पाएका छौ ,आशिर्वाद पाएका छौ , यो नराम्रो कुरा हैन यो अती नै राम्रो र असल कुरा हो । हामी मुलबासी मंगाेलहरु यति धेरै धर्महरुको धनी पो छौं त्यहि भएर नेपाल बहुधार्मिक मुलुक भन्छौ । आज भोली गाउ घरमा जात जाती अनुसारको धर्म खोजिरहेका छन् , म ति ठेकेदारहरुलाइ प्रश्न गर्न चाहन्छु, विश्वमा ६९१२+ वटा मानब समुदाय अर्थात जात जाति छन । के विश्वमा ६९१२ +  धर्म छन ? नेपाल मा १२५ + मानिस समुदाय अर्थात जात जाती छन । के जाती समुदाय अनुसारको धर्म हुने हो भने नेपालमा १२५+ वटा धर्म छन त ?
धर्म भित्र सस्कार अटाउछ तर सस्कार आफै धर्म होइन , यि सबै हामीलाई यहाँ एक आपसमा लडाउन भिडाउन यि बिदेशी बाहुन छेत्रीहरुले भित्री रूपमा बनाएको षड्यन्त्र हुन ,  यस बाट सचेत हुन आवश्यक छ । धर्म जाति अर्थात समुदाय विशेष हुदैन , धर्म व्याक्ती विशेष हुन्छ भने सस्कृती ( culture ) समुदाय अनुसार हुन्छ , धर्म ( Religion) कुनै जात को पनि पेवा हुदैन, धर्म भित्र वचन आधारित धर्म ग्रन्थ हुन्छ जस्तै त्रिपिटक , कुरान , बाइबल ... हुन्छ भने सस्कृती (culture) अनुसार भाषा , लिपि , भेषभुसा, रितिथिती , परामपरा , पुजाआजा , कुलकुलैया आदि । अब बुज्नु पर्ने कुरा के छ भने जात जाती अनुसार धर्म खोज्ने व्याक्ती स्वयंमले धर्म प्राप्त गरेको छैन । सस्कृती समुदाय अनुसार भिन्न भिन्न हुन्छ , भने धर्म कुनै पनि समुदाय अथवा व्याक्तीले बनायर बनाउने चिज हैन । धर्म स्वदेशी र बिदेशी हुदैन  ता कि यो मेरो देशको धर्म ,यो मेरो  जातको धर्म,  त्यो तेरो जात को धर्म हो भन्न लाइ , हामी वर्ण को आधारमा मंगाेल हौ ।

नेपालीको आधारमा हामी नेपाल देशको भुमीपुत्र मुलबासीहरु हौ धर्मनिरिपेक्ष देशमा हामी काङ्ग्रेस र राप्रपाका बाहुन छेत्री  जस्तो छैनौं , हामी सबै धर्म लाइ प्रेम गर्छौ , कोहि कोहीले फेरी किन हिन्दु धर्मको बिरोध गर्छ मंगाेल ले भन्लान्, हिन्दु धर्म नै होइन , हिन्दु धर्म हैन बाद हो भनेर भारतको सर्वोच्च अदालतले फैसला गरेको कुरा जग जाहेर नै छ , थाहा नभए आज थाहा पाउनु भो । युग पुरुष डा गोपाल गुरुङ ज्यु को दर्शनमा लेखिएको यो छ कि मंगाेल नेशनल अर्गनाइजेसन  बुद्धिस्ट , किरात , जैन , शिख , इस्लाम , इसाईहरुको साझा मुलघर हो भनी लेखी दिनु भएको छ । डा. गोपाल गुरुङ ज्युले बुद्ध को जस्तो मार्ग अपनाउनु पर्छ भन्नुभएको हो, अहिंसा बिधि बाट र शान्ति पुर्ण तवरले जानुपर्छ भन्नुभएको थियो , बुद्धिस्ट राज्य हुनुपर्छ भन्नुभएको र लेखनु भएको छैन ।

,आदिवासी जनजाति  mno -बुद्ध लाल मेचे  का अल्पज्ञानि हरुले उल्टो अर्थ लगायर बुद्धिस्ट राज्य र राप्रपाका कमल थापाले हिन्दुराज्य नेपाल  हुन्छ अब रे  धर्मनिरिपेक्ष देशमा नेपाल मा  । नेपालमा भ्रमको खेती गरेर सधै शासन सत्तामा बसेर आलिसान जीवन जिउन पल्केकाहरु बाट सामाजिक , आर्थिक , राजनीतिक , धर्मिक , सास्कृतिक , न्यायीक विभेद गरेर असमान्ता व्यवाहार गरेर बहुसंख्यक मुलबासी मंगोलको हित हुदैन । राजतन्त्र , प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र जस्तो सुकै संविधान बनाए , जस्तोसुकै व्यवस्था ल्याएपनी ,  मुलुकको ८०% मुलबासीहरुलाई राज्यको श्रोत साधन बाट टाढा राखेर व्यवस्था र राज्य प्रणालीमा सफलता हुन सक्दैन ।

मैले नेपालमा राजनीतिज्ञहरु नै देखिन राजनीतिज्ञ हु भन्ने मान्छेले त राज्यको नितिको विश्लेषण गरेर पछि भबिस्यमा यस्तो हुन्छ है भनी केलाउनु पर्छ , नागरिकलाई सहि बाटोमा डोर्‍याउनु पर्छ । अहिन्दु मुलबासी मंगाेल हरु के कारणले पछाडी पर्यो र किन अस्तित्व विहिन भएर बाच्न   परिरहेको छ भन्दा भाग्य र दैवलाइ दोष दिने गरेको पाइन्छ ,२१औ शताब्दीको वैज्ञानिक युगमा पनि भाग्य र दैवको फल हो भनेर हिन्दु आर्यन बहुनबादी  राज्य सत्तको अन्याय ,अत्याचार , शोषण र दमन सहेर बस्नु मंगाल हरुको मुर्खता हो,हिन्दु आर्य बाहुनबादी राज्य सत्ताका मतियार (शासक)हरुले नेपालको अहिन्दु मुलबासी मंगोल समुदायलाई राज्य द्रारा जवरजस्ती हिन्दुबाद मान्न लगाएका थिए ।

त्यसैले मुलबासी मंगाेल (Indigenous Mongol ) हरुलाइ अहिन्दु भनिएको हो  ।अहिन्दु मुलबासी मंगाेलहरु पृथ्वीको उत्पत्ति पछि नेपालको भिर पहरा हिमालको हिउमाथी , तराइको तातो घाममा राज गर्ने वर्गको रूपमा रहेको र नेपाल भित्र हामिहरुको पुर्खाले सृष्टिको उषा कालदेखि मानव सभ्यता सुरु गरेको हो । अब हामी जातीय , धार्मिक राजनीति  बिचार भन्दा माथी उठेर रास्ट्रीय राजनीतिको कल्पना गरौ नेपाली अहिन्दु मुलबाबासी मंगाेल हरुको देश नेपाललाइ समृद्धि बनाऔ ।

मंगाेल नेशनल अर्गनाइजेसन ( डा गोपाल गुरुङ ) जिन्दावाद , भोट के मा :- सिंहमा
लेखक / नासाहाङ थम्बु