चितवनमा पछिल्लो समय दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ - MONGOL KHABAR

Breaking

चितवनमा पछिल्लो समय दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ

चितवन, पुस २४,चितवनमा गएराती सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१०, गौतम चोकमा बेलुकी ८ः२० बजेको समयमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक र पैदलयात्री दुवैको मृत्यु भएको हो ।
ना ४८ प ३७५७ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका चालक भरतपुर–७ का २७ वर्षीय युवराज थापा र पैदलयात्री भरतपुर–१० का ४२ वर्षीय रमेश विक्रम थापाको उपचारको क्रममा राती ९ः२५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनीहरुको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।